default_image

1 year ago

September 2, 2023

पाकिस्तानको गती सामु निरिह भारतीय प्रमुख ब्याटर

1882 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका तीव्र गतिका बलरको गती चाल पाउन नसक्दा भारतले खराब ब्याटिङ गरेको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १५ ओभरमा ४ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।

भारतका प्रमुख ब्याटर विराट कोहली सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको बलमा एज लाग्दै विराट बोल्ड आउट हुन पुगेका थिए । त्यसअघिको ओभरमा अफ्रिदीले कप्तान रोहित शर्मालाई सानदार बोल्ड आउट गरेका थिए ।

अफ्रिदीको पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट भए । वर्षाको कारण रोकिएपछि फर्किएको तेस्रो बलमै अफ्रिदीले रोहितलाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए ।

हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । रौफको दशौं ओभरको पाँचौं बलमा श्रेयस ऐर मिड विकेटमा उत्कृष्ट आउट आउटको शिकार हुन पुगे । ऐरले ९ बलमा २ चौका प्रहार गरे ।

हरिस रौफले युवा ओपनर शुभमन गिललाई १० रनमा बोल्ड आउट गरेका छन् । हरिस रौफको गतीको चाल पाउन नसक्दा उनी ३२ बलमा १ चौकासहित १० रनमा बोल्ड आउट हुन पुगे । भारतका विकेटकिपर ईशान किशन १४ र हार्दिक पान्ड्या ५ रनमा क्रिजमा छन् । यी दुई खेलाडी भारतका अन्तिम आशा हुन् ।

यसअघि रविन्द्र जडेजा र शार्दुल ठाकुर आउनेछन् । यी दुई अलराउन्डर हुन् । त्यसपछि कुलदीप यादव, बुमराह र शिराज हुनेछन् । तीन बलर ब्याटिङका लागि भने चिनिदैनन् ।

October 18, 2024

अमेरिकाविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम […]

October 18, 2024

नेपालले दुवै ओपनर गुमायो

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका थिए । शाह तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिल र आसिफले ४८ रन जोडे । खानको बलमा शाह […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

Success

Thank you for your time.