1 year ago
August 30, 2023
एजेन्सी – कप्तान रोहित पौडेल नेपाली क्रिकेटमा रिभ्यु लिने पहिलो खेलाडी बनेका छन् । उनले एसिया कपमा पाकिस्तानविरुद्ध पहिलो ओभरमै रिभ्यु लिएका थिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको पहिलो ओभरको अन्तिम बलमा रोहित एलबीडब्लू आउट भएका थिए ।
उक्त बलमा रोहितले पहिलो रिभ्यु लिएका थिए । तर रोहितको रिभ्यु सफल हुन नसकेपछि आउट हुँदै पेभेलिएन फर्के । दुई मध्य एक रिभ्यु नेपालको सकिएको छ । बलिङमा भने नेपालले कुनैपनि रिभ्यु लिएन । नेपालले खेलेका यसअघिका कुनैपनि प्रतियोगिता र सिरिजमा रिभ्यु उपलब्ध थिएन ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले एसिया कपमा नेपालविरुद्ध पहिलो ओभरमै दुई विकेट लिएका छन् । जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३ ओभरमा ३ विकेट गुमाउँदै १८ रन बनाएको छ । क्रिजमा सोमपाल कामी र आरिफ शेख छन् ।
नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए । तर लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट ९ रनमा क्याच आउट भए ।
लगत्तै अर्को बलमा रोहित पौडेल गोल्डेन डक आउट भए । नसिम शाहको दोस्रो ओभरको चौथो बलमा आसिफ शेख एज लागेर स्लिपमा इफ्तिखर अहमदबाट पाँच रनमा क्याच आउट भए ।
त्यसअघि मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।
पाकिस्तानका बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित रहेका थिए ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]