default_image

8 years ago

January 15, 2017

रिड मोडलको दवदवा कायमै

142 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा रिड मोडल कलेज उक्लिएको छ । भारतीय राष्ट्रिय खेलाडीको बर्चश्व रहेको स्वयम्भू ठूलो भ¥याङमा अवस्थित रिड मोडल कलेज आफ्नो अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा उक्लिएको हो ।

04

बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोर्टमा आइतबार भएका दुबै खेलमा विजय हासिल गर्न सफल रिड मोडलले पहिलो खेलमा बिजेश्वरी ज्ञान मन्दिर स्कुललाई पराजित ग¥यो भने दोस्रो खेलमा नेपाल पुलिस क्लवलाई पाखा लगाउन सफल भयो ।

आइतबार भएको पहिलो खेलमा बिजेश्वरी ज्ञान मन्दिरलाई २५–६, २५–४ र २५–६ को सोझो सेटले पराजित गरेको रिड मोडलले दोस्रो खेलमा नेपाल पुलिसलाई २५–७, २५–१२ र २५–२० को सोझो सेटमा पाखा लगाउन सफल भयो ।

लिगमा ७ खेल खेलेको रिड मोडलले अपराजित रहँदै २१ अंक जोडेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लव र न्यु डायमन्ड एकेडेमीको पनि २१ अंक नै भए पनि अपराजितका आधारमा रिड मोडलले शीर्ष स्थानमा रहन सफल भएको हो । रिड मोडलसँग एपीएफ र न्यु डायमन्ड दुवै पराजित भएका थिए । भोलि हुने न्यु डायमन्ड र एपीएफवीचको खेलबाट दोस्रो र तेस्रो स्थानमा रहने टिमको छिनोफानो हुनेछ ।

रिड मोडलले भोलि पहिलो खेल आयोजक ढोरपाटन स्पोर्टस् क्लवसँग खेल्ने छ भने दोस्रो खेलमा नेपाल आर्मीको सामना गर्नेछ ।

आइतबार नै भएको अर्को खेलमा पुरानो नैकापको न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रतिभा माली हावी भएको खेलमा न्यु डायमन्ड २५–१३, २५–१५ र २५–१९ ले विजयी भयो । आफ्नो सातौं खेलमा विजयी भएको न्यु डायमन्ड एकेडेमीले ८ खेलबाट २१ अंक जोडेको छ ।

आइतबारै दोस्रो खेल खेलेको पश्चिमाञ्चलले न्यु डायमन्ड स्पोर्टस् क्लवलाई ३–० को सेटमा पराजित ग¥यो । पश्चिमाञ्चल २५–१४, २५–९ र २५–८ को सेटमा विजयी भयो । त्यसैगरी नेपाल आर्मीले आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई २५–१४, २५–१६ र २५–२० को सोझो सेटमा पराजित ग¥यो ।

पश्चिमाञ्चल आफूले खेलेका ९ खेलमध्ये ५ मा जित र ४ मा हार बेहोर्दै १५ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । नेपाल पुलिस क्लवले ९ खेलबाट १८ अंक जोड्दै लिगको चौथो स्थान कब्जा गरेको छ । त्यसैगरी ८ खेल खेलेको नेपाल आर्मीले ४ जितसँगै १२ अंक जोडेको छ भने आयोजक ढोरपाटन स्पोर्टस् क्लवको ८ खेलबाट ८ अंक जोडेको छ । रामेछापको चन्डेश्वरी युवा क्लवले ९ खेलबाट ७ अंक जोडेको छ । न्यु डायमन्ड स्पोर्टस् क्लवको ९ खेलबाट २ अंक छ भने लिगको पुछारमा रहेको बिजेश्वरी ज्ञान मन्दिरले ९ खेलबाट एक अंक जोडेको छ ।

लिग अन्तर्गत सोमबार पहिलो चरणको अन्तिम ३ खेल हुँदैछ ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.