default_image

2 years ago

August 26, 2023

पब्जी टोली डिआरएसलाई ‘युथ आइकन नेपाल’ पुरस्कार

1563 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोबाइल इगेमिङको माध्यमबाट नेपाललाई विश्वभर चिनाएको भन्दै द रिअल सोल्जर्स (डिआरएस) गेमिङलाई रु. एक लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान गरिएको छ ।

युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौं युथ कनक्लेभ (केवाइसी) २०८० मा टोलीलाई पुरस्कृत गरिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा गीत, संगीत, हास्यब्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्ना सफलताका कथा, उर्जा र उत्प्रेरणाका विचारहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालकै चर्चित आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, मास्टरसेफ सन्तोष साह, डिआरएस गेमिङ, क्रिकेटर पारस खड्का, इसेवाका सिइओ जगदिश खड्का लगायतले आ–आफ्ना प्रस्तुति दिएका थिए । कार्यक्रममा गायकहरु नितेशजंग कुँवर, समृद्धि राई, कमेडियन सजन श्रेष्ठ लगायतको प्रस्तुती रहेको थियो ।

करिब ५ हजार विद्यार्थी तथा युवाहरुको कार्यक्रममा सहभागिता रहेको आयोजकले जानकारी दियो । नेपालमै रहेर उल्लेख्य प्रगति गरेका ख्यातिप्राप्त व्यक्तिहरुको सफलताका कथा युवामा वितरण गर्नु, नेपाली उत्पादनको प्रवर्द्धन गर्नु, नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र केही हदसम्म भए पनि युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु यो कार्यक्रमको उद्देश्य हो । हरेक वर्ष आयोजना हुँदै आएको यो केवाइसीको चौथो श्रृङ्खला हो ।

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.