2 years ago
August 17, 2023
एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट साउदी प्रो लिग क्लब अल हिलालमा आबद्ध भएका छन् ।
क्याटलान क्लब बार्सिलोनाका पूर्व फरवार्ड ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र थप एड अनमा अल हिलालमा आबद्ध भएका हुन् ।
‘मैले युरोपमा धेरै उपलब्धिसँगै विशेष समयको आनन्द उठाइसकेको छु । तर, म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्छु र नयाँ ठाउँहरूमा नयाँ चुनौती र अवसरहरूसँग आफूलाई परीक्षण गर्न चाहन्छु ।’ अल हिलालमा आबद्ध भएपछि नेयमारले भने ।
नेयमार नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकको योजनाको हिस्सा थिएनन् । सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी २ सय मिलियन पाउन्डमा पिएसजीमा आबद्ध भएका नेयमार गत शनिबार फ्रेन्च लिग वानमा लोरिएन्टविरुद्ध गोलरहित बराबरी खेल्दा टोलीमा थिएनन् ।
अर्जेन्टिनी लियोनल मेस्सीले पनि क्लब छाडेपछि स्टार र उच्च पारिश्रमिक लिने खेलाडीहरूलाई अनुबन्ध गर्ने ‘ग्यालेक्टिकोस’ युगबाट टाढा सर्ने पिएसजीको रणनीतिलाई नेयमारले सहज पारिदिएका छन् ।
पिएसजीले च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित स्टार खेलाडीलाई उच्च मुल्यमा क्लबमा आबद्ध गरेपनि क्लबले च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।
‘म खेलकुदको नयाँ इतिहास लेख्न चाहन्छु, र साउदी प्रो लिगमा यतिबेला ठूलो ऊर्जा र गुणस्तरीय खेलाडीहरू छन् ।’ नेयमारले थपे, ‘मैले धेरै सुनेको छु र सिकेको छु कि म साउदी अरबमा वर्षौंदेखि खेलेका ब्राजिलियन खेलाडीहरूको लामो सूची पछ्याउँदै छु, त्यसैले मलाई विश्वास छ कि यो मैले रोजेको अर्काे गन्तव्य हो ।’
नेयमारले पिएसजीमा वार्षिक २५ मिलियन युरो आम्दानी गरिरहेको थियो । अब नेयमारले साउदी अरेबियामा प्रतिवर्ष १५० मिलियन युरो कमाउने छ । यो पिएसजीमा कमाएको भन्दा ६ गुणा बढी हो ।
अल हिलालका अध्यक्ष फहाद बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै उनी एक विश्वव्यापी आइकन रोक्न नसक्ने आक्रमणकारी शक्ति रहेको बताएका छन् ।
नेयमारले पिएसजीबाट १७३ खेल खेल्दा १३ ट्रफी जितेका छन् । जसमा पाँच लिग वान समावेश छ । साथै पिएसजीलाई २०२० को च्याम्पियन्स लिगको फाइनल पु¥याउन भुमिका निभाएका थिए ।
पीएसजीका अध्यक्ष नासेर अल खेलाफीले विश्वका उत्कृष्ट खेलाडीमध्ये एक नेमार जस्ता अद्भुत खेलाडीलाई बिदाइ गर्न सधैं गाह्रो हुने बताएका छन् । ‘उनी पेरिस सेन्टजर्मेन आइपुगेको दिन म कहिल्यै बिर्सने छैन, र विगत ६ वर्षमा उनले हाम्रो क्लब र हाम्रो परियोजनामा ठुलो योगदान दिएका छन् ।
नेयमारले पिएसजी छाड्ने पक्का भएपछि पिएसजीले केलियन एमबाप्पेसँग छल फल गर्दै प्रशिक्षणमा बोलाएका छन् । उनी सिधै प्रशिक्षणमा जोडिइसकेका छन् ।
साउदी क्लबमा नेयमारको आगमनसँगै आगामी केही वर्षमा साउदी प्रो लिग विश्वको शीर्ष प्रतियोगिता बन्ने बाटोलाई थप मजवुत बनाएको छ ।
नेयमार साउदीमा आउनुअघि करिम बेन्जेमा, एन गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभेस, साडियो माने र रोबर्टो फिर्मिनो सबै साउदी अरब आइसकेका छन् । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल नासरमा आएसँगै साउदी प्रो लिगका चर्चा चुलिएको हो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ। दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ। बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]