default_image

1 year ago

August 6, 2023

सन्दीप र दीपेन्द्र उपाधिको लागि भिड्ने

6820 views

0 Bookmark

एजेन्सी – ग्लोबल टि२० क्यानडामा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले प्रतिनिधित्व गरेको मोन्टरिएल टाइगर्सबीच फाइनल हुने भएको छ ।

दीपेन्द्र सम्मिलित टाइगर्सले शनिबार राती दोस्रो क्वालिफायर खेलमा भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमान्चक जितक साथ फाइनलमा स्थान बनाएको हो । सन्दीप सम्मिलित सर्रेले भने पहिलो क्वालिफायर खेलमा नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

सर्रे शीर्षस्थानमा रहँदै सोझै क्वालिफायर खेलेको थियो । दीपेन्द्रको टोली लिगमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्नु परेको थियो । एलिमिनेटर खेलमा ब्राम्पटन वल्भसलाई ९ विकेटले हराउँदै टाइगर्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
लिगको खेलमा टाइगर्सले सर्रे जागुअर्सलाई ५ विकेटले हराएको छ । फाइनल आज राती ९ : ४५ मा हुनेछ ।

जसमा एक नेपाली खेलाडी च्याम्पियन बन्ने पक्का छ । दुबै नेपाली खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । दीपेन्द्र ७ खेलमा १ सय २७ रन बनाउँदा २ विकेट लिएका छन् । दीपेन्द्रको फिल्डिङ त्यतिनै उत्कृष्ट रहेको छ । सन्दीपले ७ खेलमा ११ विकेट लिएका छन् ।

ग्लोबल टि२० क्यानडाको कारण दीपेन्द्र र सन्दीपले दुई साताअघि श्रीलंकामा सम्पन्न एसिसी इमर्जिङ कपमा थिएनन् । इमर्जिङ कपपछि नेपालले श्रीलंकामा १५ दिनको विशेष प्रशिक्षण गरेको थिए । सन्दीप र दीपेन्द्र स्वदेश आएपछि नेपालले एसिया कपको तयारी गर्नेछ ।

September 8, 2024

श्रीलंकाका सिल्भा र मेन्डिसको अर्धशतक

एजेन्सी – कप्तान ओली पोपको शतक बनाए पनि अन्य ब्याटर चल्न नसक्दा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्ड पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भएको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीका लागि यो सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ सय ५६ बलमा १ सय ५४ […]

September 8, 2024

जर्मनीको फराकिलो जित

एजेन्सी – जर्मनीले युइएफए नेसन्स लिगमा फराकिलो जित निकालेको छ । ग्रुप थ्रीमा जर्मनीले शनिवार हङ्गेरीमाथि ५-० को जित निकाल्यो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको जितमा निकोलस फ्युलक्रुग, मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पावलोभिच र काई हाभर्ट्ज गोल गरे । जर्मनीका निकोलस फ्युलक्रुगले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५८औं मिनेटमा मुसियालाले गोल […]

September 8, 2024

नेसन्स लिगमा इङ्ग्ल्यान्डको जित

एजेन्सी – इङ्ग्ल्यान्डले युइएफए नेसन्स लिगको गणतान्त्रिक आयरल्यान्डलाई हराएको छ। ग्रुप–टुमा शनिवार भएको खेलमा इङ्ग्ल्यान्ड २-० ले विजयी भएको हो। टोलीलाई जित दिलाउन डेक्लेन राइस र ज्याक ग्रेलिसले गोल‌ गरे। राइसले ११ औं र ग्रेलिसले २६ औं मिनेटमा गोल गरेका हुन्। कार्यवहाक प्रशिक्षक लि कार्ल्सलीको नेतृत्वमा इङ्ग्ल्यान्डले सफलता प्राप्त गरेको हो। गेराथ साउथगेटले छोडयता इङ्ग्ल्यान्डको […]

Success

Thank you for your time.