2 years ago
July 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आगमी ३ देखी ८ अगस्तसम्म कजकस्तानको अकाटु सिटिमा हुने विश्व स्कुल टिम चेस च्याम्पियनसिपमा सहभागीताको लागि नेपाली बुद्धिचाल खेलाडीहरु शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
यू१२ तर्फ नेपालको प्रतिनिधित्व गर्दै त्रियोग उच्च माविका खेलाडीहरु सम्पन्न बज्राचार्य, विश्वस्त मरासिनी, परिधी खत्री र त्रिलोक बुर्लाकोटीले प्रतिस्पर्धा गर्नेछन् ।
विश्व स्कुल टिम च्याम्पियनसिपमा पहिलो पटक सहभागी जनाउन लागेको नेपाली टिमको टिम कप्तानमा त्रियोग स्कुलकी शिक्षिका दीपा भट्टराई रहेका छन् । भने टिम व्यवस्थापकमा अभिभावक शगुना शाक्य रहेकी छिन् ।
अन्नपूर्ण उच्च माविको आयोजनामा असार महिनामा संचालन भएको राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपमा टिम च्याम्पियन भएको सफल त्रिगोग स्कुललाई नेपाल बुद्धिचाल महासंघले सहभागी गराउने निर्णय गरेको थियो ।
विश्व चेस फेड्रेशनले विश्वका नेशनल स्कुल च्याम्पियन भएका ५० राष्ट्रहरुलाई सहभागी गराउने निर्णय। गरेको थियो । सहभागी हुने खेलाडीहरु, अफिसयल र टिम कप्तानलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष बिदुर गौतम र कोषाध्यक्ष तारा बहादुर रानाभाट प्रतियोगितामा सफलताको शुभकामना सहित बिदाइ गरे ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]