2 years ago
July 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान)का पूर्वउपाध्यक्ष नरेश श्रेष्ठको उपचारको क्रममा शुक्रबार निधन भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा उनको ७६ वर्षको उमेरमा निधन भएको हो ।
श्रेष्ठलाई आजनै पशुपति आर्यघाटमा लगेर अन्तिम अन्तेष्टि समेत गरिएको छ । उनको पार्थिव शरीरमा क्यानका अध्यक्ष चतुरबहाुदर चन्दले झण्डै ओडाउदै अन्तिम श्रद्धान्जली दिएका थिए । श्रेष्ठ वर्तमान समयका क्यानका बरिष्ठ सल्लाहकार समेत थिए ।
उनका दुई छोरा छन् । दुबै छोराले नेपाली क्रिकेट टोलीबाट खेलि सकेका छन् । अलराउन्डर मन्जित र युनिलले एक समय नेपाली क्रिकेट टोलीबाट सँगै खेलेका थिए । युनिल वर्तमान नेपाली क्रिकेट टोलीका छनोट समितिका सदस्य समेत हुन् । उनकी छोरी रिचाको केहि वर्षअघि अष्टेलियामा बोन म्यारो क्यान्सरको कारण मृत्यु भएको थियो । स्वर्गीय रिचाको नाममा अष्टेलियामा क्रिकेट प्रतियोगिता समेत आयोजना हुँदै आएको छ ।
विराटनगर बर्गाछी चोक घर भएका उनलाई ट्युमर र क्यान्सरले लामो समयदेखी सताएको थियो । उनी क्यान आइसिसीको निलम्बनमा पर्नुअघि उपाध्यक्ष थिए ।
नेपाली क्रिकेट विकासमा निकै लामो योगदान दिएका श्रेष्ठलाई सन् २००९ मा आइसिसीले शताब्दी पदकबाट सम्मान पनि गरेको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]