8 years ago
January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लगातारको सफलतापछि न्यू डाइमन्ड एकेडेमी १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्षस्थानमा थप बलियो बनेको छ । नेपाल आर्मीलाई बिहीबार सोझो ३–० सेटमा हराएको न्यू डाइमन्ड ६ खेलमा शतप्रतिशत अंंक लिन सफल भएको छ ।
न्यू डाइमन्डको १८ अंक पुगेको छ । बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोर्टमा न्यू डाइमन्डले आर्मीलाई २५–६, २५–४ र २५–१५ ले हराएको थियो ।
बिहीबारका अन्य खेलमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले दुई तथा नेपाल पुलिस क्लब र भारतीय खेलाडी सम्मिलित रिड मोडल कलेजले एक एक खेल जिते । ४ खेलसम्म अपराजित रहेको अर्को विभागि टोली एपिएफलाई रिड मोडल कलेजले ३–१ ले हराएको थियो ।
भारतीय खेलाडीका कारण बलियो देखिएको रिड मोडल २५–१८, २२–२५, २५–२२ र २७–२५ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । पश्चिमाञ्चलले रामेछापको चन्डेश्वरी युवा क्लब र आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई समान ३–० सेटमा हरायो । चन्डेश्वरीलाई २५–१३, २५–१२ र २५–१५ ले हराएको पश्चिमाञ्चलले ढोरपाटन २५–९, २५–१३ र २५–६ ले पराजित गरेको थियो । पुलिसले विजेश्वरी ज्ञान मन्दिर स्कुललाई २५–६, २५–४ र २५–७ को सोझो सेटमा हरायो । जितपछि ७ खेलमा १५ अंक जोडेको पुलिस अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
५ खेलमा ४ जितका साथ एपिएफ १२ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघको ४ खेलमा ९ अंक छ भने आर्मीको ५ खेलमा ९ छ । त्यस्तै आयोजक ढोरपाटन स्पोर्टस् क्लबले ६ खेलबाट ८ अंक, रामेछापको चन्डेश्वरी युवा क्लवले ७ खेलबाट ७ अंक जोडेका छन् । बिजेश्वरी र न्यू डायमन्ड स्पोर्टस् क्लबले अंकको खाता खोल्न सकेका छैनन् । यी दुई अंक बिहिन टोलीबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]