2 years ago
July 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भीटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङ ले २ करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको छ ।
डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा दुई पटक चिकेन डिनर (राउन्ड जित्ने) सफलता हासिल गरेको थियो ।
डिआरएसले कुल १ सय ५३ अंक जोड्दा थाइल्याण्डको भ्याम्पाएर इस्पोर्ट्सले १ सय ८७ अंकसहित प्रथम तथा दक्षिण कोरियाको डिप्लसले १ सय ५७ अंकसहित दोस्रो स्थान हासिल गरेको थियो ।
मेन इभेन्टमा डिआरएसले एक पटक चिकेन डिनरको सफलता हासिल गरेपनि अन्य राउन्डमा राम्रो प्रदर्शन गर्न सकेन । कमजोर सुरुवात गरेको टोलीले समग्रमा ११ औं स्थान हासिल गरेको थियो ।
डिआरएसले अल स्टार स्टेजबाट ९० हजार र मेन इभेन्टबाट ७७ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको हो । गत वर्ष पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा दोस्रो हुँदै डिआरएसले झन्डै ३ लाख अमेरिकी डलर पुरस्कार जितेको थियो ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]