2 years ago
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ ।
गत सोमबार सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको खेलकोक्रममा गण्डकी प्रदेशविरुद्ध खेल्नेक्रममा दर्शकलाई हातपात गरेको कारण ६ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने भएको छ ।
घटनाका बारेमा छानविन गर्न बनेको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले कारवाही गरेको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय टोलीका समेत सदस्य रहेका राजेन्द्र र धनपतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि ३ महिनाको प्रतिबन्ध लगाइएको जानकारी दिए ।
त्यस्तै संघलाई खेलाडी,दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षाव्यवस्थानमा ध्यान दिन पनि समितिले संघलाई सुझाव दिएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘सहभागी क्लबका खेलाडीलाई अनुशासनमा राख्न अनुरोध गर्ने निर्णय गरेको छ।’
विवादित खेलको रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारवाही गरेको छ । संघका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजक रहेको छानविन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन रहेका थिए ।
समितिले आर्मीका खेलाडी, टिम र उजुरी दिने दर्शकको बयान लिएको थियो । गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अंक आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडी असन्तुष्ट जनाएका थिए । त्यसैक्रममा आर्मीका खेलाडीलाई दर्शकले पछाडिबाट अपशब्द बोल्नुको साथै बोतल प्रहार गरेपछि खेलाडी संयमित हुन नसक्दा उक्ट घटना घटेको थियो ।
त्यसैक्रममा धनबहादुरले दर्शकलाई एक मुक्का प्रहार गर्न खोजेका थिए । उपाधिको प्रमुख दाबेदार आर्मी उक्त घटनापछि भने कमजोर देखिएको थियो । नेपाल पुलिस क्लबसँग ३–० र हेल्प नेपालसँग ३–१ ले पराजित हुँदै आर्मी बाहिरिएको थियो ।
उक्त घटनाको पूरा जानकारी यहाँ पढ्नुहोस् : खेलाडीले संयमता गुमाएर दर्शकलाई हातपात गरेपछि..
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]