2 years ago
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान भलिबल टोलीका कप्तान तथा हेल्प नेपालका प्रमुख स्पाइकर ऐमल खान सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल क्लब लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
टिप टप हेल्प नेपाललाई अपराजित रहँदै च्याम्पियन बनाउन ऐमलले सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनको उत्कृष्ट प्रदर्शनको सहयोमा टिपटप हेल्प नेपालले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । उनले सर्वोत्कृष्ट वापत रु ३५ हजार प्राप्त गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले २५–१९, ११–२५, २५–१८, २५–१८ को जित हात पारेको हो । विजेता टिपटप हेल्प नेपालले ६ लाख, उपविजेता नेपाल पुलिस क्लबले तीन लाख, तेस्रो भएको आर्मीले १ लाख ५० हजार र चौथो भएको नेपाल पुलिस क्लबले ७५ हजार प्राप्त गर्नेछन् ।
उदीयमान खेलाडीले १० हजार र अन्य सबै विधाका उत्कृष्ट खेलाडीले नगद १५ हजार प्राप्त गर्नेछन् । अपराजित रहँदै रहेको हेल्प नेपालले सर्वोत्कृष्ट खेलाडी सहित कुल पाँच ब्यक्तिगत अवार्ड जितेको छ ।
सर्वोत्कृष्ट खेलाडी – ऐमल खान (हेल्प नेपाल)
उत्कृष्ट लिबरो – टोबहादुर थापा (दीपक) हेल्प नेपाल
उत्कृष्ट सेटर – आदनान खान (हेल्प नेपाल)
उत्कृष्ट सर्भर – हेमन्त मल्ल (नेपाल एपिएफ क्लब)
उत्कृष्ट स्पाइकर – माजहर अली (हेल्प नेपाल)
उत्कृष्ट ब्लकर – दुर्गा खड्का ( त्रिभुवन आर्मी क्लब)
उत्कृष्ट प्रशिक्षक – उत्वस खड्का (टिपटप हेल्प नेपाल)
उदीयमान खेलाडी – रविन चन्द (नेपाल पुलिस)
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]