2 years ago
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिब क्लब लिगको महिलातर्फ फाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको छ ।
फाइनलमा पुलिसले एपिएफलाई ३-१ को सेटमा हराउँदै ६ लाख पुरस्कार पक्का गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनलमा २५-१२, २१-२५, २५-२३, २५-१९ को सेटमा हराउँदै उपाधि जितको हो ।
पहिलो सेट सहजै गुमाएको एपिएफले दोस्रो सेटमा उत्कृष्ट सुरुवात गरेको थियो । दोस्रो सेटमा एपीएफ १६-९ को बलियो अवस्थामा थियो । उक्त अवस्थाबाट पुलिसले लगातार तीन अंक जोड्दै पुनरागमनको सम्भावना देखाएको थियो ।
तेस्रो सेटमा एपीएफ ६-६ को बराबरीमा थियो । तर उक्त समयबाट लगातार तीन अंक जोडेपछि पुलिस दबाबमा पर्दै टाइम आउट लिएको थियो । टाइम आउटपछि लगातार तीन अंक ९-९ क बराबरी गरेको थियो ।
एपिएफले लगातार चार अंक जोडेपछि एपीएफ १४-१० को अवस्थामा थियो। लगातार चार अंक जोड्दै १६-१६ को बराबरी गरेको थियो । तेस्रो सेटमा एपीएफ २१-१८ ले अघि हुँदै जितको सम्भावना देखाएको थियो ।
तेस्रो सेट २३-२३ को बराबरी भएपछि खेल रोचक बनेको थियो । पुनम चन्दले उक्त बराबार गरेकी थिइन् । २१-२३ को खेल पल्टाउदै लगातार चार अंक जोडेपछि पुलिसले खेलमा २-१ को अग्रता लिएको थियो । चौथो सेटमा पुलिसले १७-१७ को बराबरीबाट अघि बढ्दै जितको आधार तय गरेको थियो ।
विजेता टोलीले ६ लाख, दोस्रो हुने एपिएफले ३ लाख, तेस्रो हुने न्यू डायमण्डले १ लाख ५० हजार र चौथो हुने आर्मीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]