2 years ago
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिब क्लब लिगको पुरुषतर्फ फाइनलमा टिपटप हेल्प नेपाल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा सुरु हुनेछ ।
हेल्प नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । हेल्प नेपालले ६ खेलमा १६ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल खेलेको हो । उता पुलिस ६ खेलमा ५ मा जित र १ मा हारसहित १५ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल खेलेको हो ।
पाकिस्तानका कप्तान तथा स्पाइकर अैमल खान, माजहर अली र सेटर आदनान रहेको हेल्प नेपाल अपराजित रहँदै उपाधि जित्न चाहन्छ । माजहर र अैमल दुबैको प्रदर्शन सानदार छ । यी दुई स्पाइकरको शक्तिशाली प्रहार सामना गर्न पुलिसलाई सहज हुनेछैन ।
तर उत्कृष्ट लयमा रहेका विशाल विक, रविन चन्द र सफल विकको जोडी हेल्प नेपाललाई स्तब्ध पार्न चाहन्छ । विशाल उच्च लयमा छन् । आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्न उनी नायक बनेका थिए । अनुभवी खेलाडी कुल बहादुर थापा पनि राम्रो लयमा छन् । विशालको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
समूह चरणमा हेल्प नेपालले पुलिसलाई ३-२ को सेटमा पराजित गरेको थियो । उक्त खेलमा हेल्प नेपाल २५-२०, २०-२५, ३०-२८, २५-१८ र २४-२२ ले जितेको थियो ।
निर्णायक पाँचौं सेटको खेल २४-२२ मा सकिएको थियो । कडा प्रतिस्पर्धा भएको खेलमा पुलिस अन्तिम समयमा पराजित हुन पुगेको थियो । फाइनलमा यी दुई टोलीबीच निकै कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । विशाल र अैमलको स्पाइक हेर्न लायक हुनेछ ।
महिलातर्फ फाइनलमा आज दिउँसो १२ बजे नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवैतर्फको विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]