2 years ago
July 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए पुरुषतर्फ राष्ट्रिय भलिबल क्लब लिगमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ । पुलिस ६ खेलमा १५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले एपिएफलाई २५–२२, २५–१३ र २५–१५ को सहज जित हात पारेको हो ।
सुरुवातमा ५–५ को बराबरी भएपनि एपिएफले लगातार तीन अंक जोड्दै खेलमा अघि बढेको थियो । सुरुवातमा एपिएफ १२–८ को अग्रतामा थियो । पुलिसले १३–१३ बराबरी गरेको थियो । पुलिसले लगातार तीन अंकका साथ २०–२० को बराबरी गर्दै पहिलो सेटनै रोमान्चक बनाएको थियो ।
रोमान्चक खेलमा लगातार तीन अंकका साथ पुलिसले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो सेटमा पुलिसले सुरुवातमा ५–२ को अग्रता लिएको थियो । उक्त अग्रतालाई निरन्तरता दिँदै पुलिसले १२–५ को उत्कृष्ट सुरुवात गरेको थियो । दोस्रो सेटमा पुलिसले २५–१३ को जितका साथ सेटमा २–० ले अघि बढेको थियो । तेस्रो सेटमा पनि पुलिसले सुरुवात देखिनै अग्रता लियो ।
तेस्रो सेटमा १६–१० को अग्रता लिँदै सहज जितको आधार तय गरेको थियो । पुलिस ६ खेलमा ५ मा जित र १ मा हारका साथ १५ अंक जोड्दै शीर्ष स्थानमा छ । हेल्प नेपाल ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ दोस्रो स्थानमा छ ।
त्रिभुवन आर्मी क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा छ । आर्मी र हेल्प नेपालबीच ५ बजे खेल हुनेछ । उक्त खेलमा हेल्प नेपाल विजयी भएमा स्वत फाइनलमा पुग्नेछ ।
आर्मी फाइनलमा पुग्न ३-१ को सेटको जित हात पार्नुपर्ने हुन्छ । महिलातर्फ पुलिस शीर्ष र एपिएफ दोस्रो स्थानमा हुँदै फाइनलमा पुगेका छन् । महिला र पुरुष दुबैतर्फको फाइनल शनिबार हुनेछ ।
January 12, 2025
एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले आइतवार मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोली न्युजिल्याण्डको टोली घोषणा गरेको हो । घोषित टोलीमा तीव्र गतिका बलर लोकी फर्गुसन र बेन सियर्सले पुनरागमन गरेका छन् । सियर्स, विल ओुरोर्के र […]
January 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुने जनाएको छ । त्रिकोणात्मक सिरिज नेपालका, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ । सिरिजका सबै […]
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]