default_image

2 years ago

July 13, 2023

गण्डकीको पहिलो जित

758 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा पहिलो जित हात पारेको छ । गण्डकीले शैलुङ बागढुङ्गा स्पोर्ट्स क्लबलाई ३-२ को सेटमा पराजित गर्दै पहिलो जित हात पारेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा गण्डकीले २५-१६, २५-१३, १९-२५, २०-२५ र १५-६ को सेटमा जित हात पारेको हो । गण्डकी यसअघि लगातार चार खेलमा पराजित हुँदै फाइनल दौडबाट बाहिरि सकेको छ । गण्डकीले शुक्रबार अन्तिम खेल दावाली मिलन क्लबसँग खेल्नेछ ।

गण्डकी फाइनलमा पुग्न नसकेपछि तीन भारतीय खेलाडी जोजेबिन, कन्चन नविन र थारुन गोडालाई बुधबार नै घर फर्काएको थियो । भारतीय खेलाडीलाई घर फर्काएपछि खेलेको खेलमा गण्डकीले पहिलो जित हात पारेको हो ।

शैलुङ ६ खेलमा ५ मा हार र १ मा जितसहित छैटौं स्थानमा रहेर बाहिरयो । गण्डकी ५ खेलमा १ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ ।

February 22, 2025

एनएसएलका टोली यसरी तयार हुनेछन्

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ। क्याटगरी ‘ए’ र ‘बी’ को मात्र अक्सन हुनेछ। अक्सनमा क्याटगरी ‘ए’ मा १५ जना र क्याटगरी ‘बी’ मा ४५ गरी कुल ६० खेलाडी मात्र अक्सनमा राखिएका छन् ।त्यसमा एनएसएलका‌ ७ टोलीले बोली लगाउनेछन्। क्याटगरी ‘ए’ का खेलाडीको बेस प्राइस २ […]

February 21, 2025

ललितपुर एफसीको मार्कीमा अनन्तको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को‌ साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई‌ मार्की खेलाडीमा‌ निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा‌ ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो।‌ सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने‌ अनन्त मात्र खेलाडी हुन्। […]

February 21, 2025

दक्षिण अफ्रिकाको विजयी सुरुवात

एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]

Success

Thank you for your time.