2 years ago
July 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा नेपाल एपिएफ क्लबमाथि ३–२ को नाटकीय जितका साथ फाइनल नजिक पुगेको छ । हारको मुखबाट नाटकीय पूनरागमन गर्दै हेल्प नेपालले फाइनल सम्भावना बलियो बनाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले जित्दै फाइनलमा पुगेको हो । एपिएफ सुरुवाती दुई सेटमा पराजित हुन पुगेको थियो । तर त्यसपछि सानदार पुनरागमन गर्दै टेपटपलाई स्तब्ध नजिक पुर्याएको थियो ।
अन्तिम तथा निर्णायक सेटमा एपिएफ ८-३ को मजबुत अवस्थामा थियो । सहज जित निकाल्ने अनुमान गरिएको थियो । तर उक्त अवस्थाबाट हेल्प नेपालले सानदार पूनरागमन गरेको थियो । एपिएफ म्याच प्वाइन्टमा पुग्दा १४-११ को अवस्थामा थियो । उक्त अवस्थाबाट हेल्प नेपालले लगातार पाँच अंक जोड्दै जित हात पारेको हो ।
हेल्प नेपालले अन्तिम खेल शुक्रबार आर्मीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ । यदि पराजित हुँदा पनि फाइनल खेल्ने सम्भावना रहन्छ ।
तर नेपाल पुलिस र नेपाल एपिएफको नतिजामा भर पर्नेछ । केहि समयमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलको विजेता फाइनलमा पुग्ने उच्च सम्भावना रहन्छ । शुक्रबार पुलिसले एपिएफसँग खेल्नेछ ।
हेल्प नेपाल ५ खेलमा १३ अंकका साथ शीर्षस्थानमा छ । आर्मी ४ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी र हेल्प नेपाल दुबै अपराजित छन् । नेपाल एपिएफ क्लब ५ खेलमा ३ मा जित र २ मा हारका साथ ११ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल पुलिस क्लब ४ खेलमा ३ मा जित र १ मा हारसहित ९ अंकका साथ चौथो स्थानमा छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]