2 years ago
July 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा नेपाल पुलिस क्लबमाथि रोमान्चक जित हात पारेको छ । निकै कडा प्रतिस्पर्धा भएको खेलमा हेल्प नेपालले पुलिसमाथि ३–२ को सेटमा हात पार्दै फाइनल सम्भावना मजबुत बनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा पुलिसलाई हराएको हो । उत्कृष्ट प्रतिस्पर्धा भएको खेलमा अन्तिम सेटमा हेल्प नेपालले जित हात पार्न सफल भएको हो ।
अन्तिम सेटको अन्तिम समयमा हेल्प नेपालले २२–२२ बराबरी अवस्थाबाट दुई लगातार अंक बटुल्दै जित पक्का गर्यो । हेल्प नेपालको जितमा दुई पाकिस्तानी खेलाडी माजहर र अैमल खानको प्रदर्शन नायक रह्यो ।
पुलिसले सानदार प्रदर्शन गरेपनि जित भने निकाल्न सकेन । पुलिस पराजित भएपनि विशाल विक, रविन चन्द, सफल विक र कुलबहादुरको प्रदर्शन भने उच्च थियो ।
पाँचौं सेट १५ मा सकिनु पर्ने थियो । तर दुबै टोलीले सानदार प्रदर्शन गरेपछि २४ मा पुगेको थियो । चौथो सेटमा भने पुलिसले हेल्प नेपालमाथि सहज जित निकालेको थियो ।
तेस्रो सेटमा कडा प्रतिस्पर्धा हुँदा अन्तिममा हेल्प नेपालले ३०-२८ को अवस्थामा जितेको थियो । तेस्रो सेटको निर्णायक अंक सन्जु विक्रम शाहको ब्लकमा हेल्प नेपालले प्राप्त गरेको थियो ।
हेल्प नेपाल ४ खेलमा ११ अंकका साथ शीर्ष स्थानमा छ । अव केहि समयमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]