2 years ago
July 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शैलुङ्ग बागढुंङ्गा स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा दावाली मिलनमाथि रोमान्चक जित हात पारेको छ । फाइनल दौडबाट बाहिरी सकेको शैलुङ्गले दावालीलाई हराउँदै पहिलो जित हात पारेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा शैलुङ्गले २५-१९, १४-२५, २२-२५, २५-२१ र १५-१३ को सेटमा जित हात पारेको हो । पहिलो सेटमा विजयी भएको शैलुङ्गले त्यसपछि लगातार दुई सेट गुमाएको थियो । चौथो र पाँचौं सेटमा जित निकाल्न सफल भयो ।
निर्णायक पाँचौं सेटमा सुरुवाती समय शैलुङ्ग ८-५ ले पछि रहेको अवस्थामा थियो । तर त्यसपछि लगातार पाँच अंक बटुलेपछि १०-८ को अग्रता लिँदै जितको आधार तय गर्यो । १२-१२ को अवस्थाबाट शैलुङ्गले लगातार दुई अंक जोडेपछि जित पक्का जस्तै बनाएको थियो ।
आजको दोस्रो खेलमा नेपाल पुलिस क्लब र टिपटप हेल्प नेपालबीच केहि समयपछि प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ दिनको अन्तिम खेल दिउँसो १ बजे नेपाल आर्मी र नेपाल एपिएफ क्लबची प्रतिस्पर्धा हुनेछ ।
शैलुङ्गले आफ्नो अन्तिम खेल बिहीबार गण्डकी प्रदेशसँग खेल्नेछ । दावालीले आफ्नो अन्तिम खेल शुक्रबार गण्डकीसँग खेल्नेछ । गण्डकीपनि लगातार चार हारको साथ बाहिरि सकेको छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]