2 years ago
July 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । उपाधिको दाबेदार एपिएफले गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार विहान भएको पहिलो खेलमा एपिएफलो २५–१२, २५–१८ र २५–८ को सोझो सेटमा जित हात पारेको हो । गण्डकी पहिलो सेटको सुरुवाती समय ५–६ को अवस्थाबाट थियो ।
१०–१३ को अवस्थामा थियो । तर एपिएफले उक्त अवस्थाबाट लगातार ९ अंक जोडेपछि सहज जितको आधार तय गर्यो ।
दोस्रो सेटमा गण्डकी प्रदेशले लगातार आठ अंक जोड्दै एपिएफलाई केहि समय दबाबमा राख्न सफल भएको थियो ।
गण्डकीले ९-२२ को अवस्थाबाट लगातार ८ अंक जोडेको थियो । तेस्रो सेटमा भने एपिएफले सहजै पराजित गर्यो । एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
गण्डकी पहिलो खेलमा नेपाल पुलिस क्लब र दोस्रो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग सोझो सेटमा पराजित भएको थियो । एपिएफको जितमा पुजा चौधरी केल्मी प्लेयर अफ द म्याच चुनिन् ।
आज दोस्रो खेलमा बिहान १० बजे न्यु डायमण्ड र एभेष्टबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १२ बजे महिलातर्फ पुलिस र आर्मी भिड्नेछन् ।
पुरुषतर्फ आजको खेलमा दिउँसो २ बजे हेल्प नेपाल र दावाली मिलन, दोस्रो खेलमा दिउँसो ४ बजे आर्मी र गण्डकी तथा दिनको अन्तिम खेलमा पुलिस र शैलुङ बागढुङ्गाबीच प्रतिस्पर्धा हुनेछ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]