2 years ago
July 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबमाथि कठिन जित हात पारेको छ । कडा प्रतिस्पर्धात्मक खेलमा एपिएफ पाँचौं सेटमा पुगेर विजयी भएको हो ।
सुरुवाती दुई सेट जितेपनि त्यसपछि लगातार दुई सेट हारेपछि खेल रोचक बनेको थियो । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा एपिएफले आर्मीलाई ३०-२८, २५-२३, २०-२५, १९-२५ र १५-६ ले जित्न सफल भएको हो ।
पहिलो सेटमा एपिएफ लगातार पाँचौं पटक सेट प्वाइन्टमा पुगेर चुकेको थियो । छैटौं पटक उक्त सेट पाइन्ट हात पारेको थियो । त्यसअघि सुरुवातमा आर्मीले ४-९ को खेलमा उत्कृष्ट पूनरागमन गर्दै १३-१३ बराबरीमा पुर्याएको थियो । कडा प्रतिस्पर्धात्मक खेलमा अन्तिममा एपिएफले जित हात पारेको थियो ।
तेस्रो सेटमा एक समय आर्मी १-७ को अवस्थामा थियो । त्यो अवस्थाबाट आर्मीले सानदार पूनरागमन गरेको थियो । आर्मी ७-१५ को अवस्थाबाट पुन पूनरागमन गर्दै १८-१८ को बराबरीमा ल्याएको थियो । १९-१९ को अवस्थाबाट लगातार पाँच अंक बटुल्दै आर्मीले जितको आधार तय गर्यो ।
चौथो सेटमा पनि सुरुवातमा १-५ को अवस्थामा थियो । उक्त अवस्थाबाट सानदार पूनरागमन गरेको थियो । ६-६ को अवस्थामा गएर बराबरी गरेको थियो । आर्मीले चौथो सेटमा १३(१३ को बराबरी अवस्थाबाट अघि बढेको थियो ।
पाँचौं सेटमा भने आर्मीले सुरुवात देखीनै पछि पर्दै पराजित हुन पुग्यो । आर्मीको लागि सुनिता खड्काले सानदार प्रदर्शन गरेपनि जित दिलाउन सकिनन् । एपिएफको जितमा नायक बनेकी निरुता ठंगुन्ना प्लेअफ द म्याच चुनिन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]