2 years ago
July 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो खेलमा पराजित भएको छ । गण्डकी आइतबार नेपाल एपिएफ क्लबसँग ३(१ को सेटमा पराजित भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा एपिएफ २१-२५, २५-२१, २५-२३ र २५-१७ ले विजयी भएको हो । पहिलो सेटमा गण्डकीले १५-१८ को नतिजाबाट पूनरागन गर्दै १८-१८ बराबरीमा पुर्याएको थियो । त्यो समय सम्म गण्डकी सेटमा पछि थियो । लगातार चार अंक जोडेपछि गण्डकीले पहिलो सेटमा जितको आधार तय गरेको थियो ।
दोस्रो सेटमा गण्डकी १-६ मा थियो । उक्त अवस्थाबाट सानदार पूनरागमन गर्दै ७-७ को बराबरी गरेको थियो । निकै प्रतिस्पर्धात्मक सेटमा १३-१३ को बराबरीबाट एपिएफले लगातार चार अंक जोडेपछि सेटमा अग्रता लिँदै जितको आधार तय गरेको थियो । तेस्रो सेट पनि निकै उच्च प्रतिस्पर्धा रह्यो ।
चौथो सेटमा एक समय गण्डकी खेलमै थियो । गण्डकी १३-१५ को अवस्थामा थियो । तर उक्त अवस्थाबाट एपिएफले लगातार ८ अंक जोडेपछि गण्डकीको जितको सम्भावना सकिएको थियो । एपिएफको जितमा विजय थापा प्लेयर अफ म्याच चुनिए । एपिएफलाई जिताउन विजय, टेकराज अवस्थी र हेमन्त मल्लको प्रदर्शन उच्च रह्यो ।
उता तीन भारतीय खेलाडी सम्मिलित गण्डकी लगातार दोस्रो हारका साथ दबाबमा परेको छ । पहिलो खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग २-३ को सेटमा पराजित भएको थियो । गण्डकीमा आएका तीन भारतीय कुमार थारुन, जोजेबिन र कन्चन नविन मञ्जुनाथको प्रदर्शन सोचे जस्तो रहन सकेन । रवि केसी र हिमाल सुनारीको जोडीले जिताउन प्रयास गरेपनि सफल हुन सकेनन् ।
गण्डकीले आफ्नो तेस्रो खेल सोमबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । एपिएफले पहिलो खेलमा दावाली मिलनलाई ३-० को सोझो सेटमा हराएको थियो । एपिएफले मंगलबार सैलुङसँग खेल्नेछ ।
आज नै भएको पहिलो खेलमा टिपटप हेल्प नेपालले सैलुङमाथि २५-१२, २५-१५ र २५-१९ को सहज जित हात पारेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले खेलमा एकल प्रदर्शन गरेको थियो ।
पाकिस्तान भलिबल टोलीका कप्तान अैमल खान र मजहर अलीको स्पाइक र सर्भिस सामु सैलुङका खेलाडी कमजोर देखिएका थिए । आजको दोस्रो खेलमा त्रिभुवन अर्मी क्लबले दावाली मिलनमाथि सोझो सेटमा जित हात पार्यो ।
आर्मीले २५-१९, २५-११ र २५-२० को सोझो सेटमा हात पारेको हो । आज अव महिलातर्फ खेल हुनेछन् । महिलातर्फ केहि समयमा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४ बजे न्यु डायमन्ड र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेलमा ६ बजे पुलिस र एभरेष्टबीच प्रतिस्पर्धा हुनेछ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]