default_image

2 years ago

July 9, 2023

आर्मीको लगातार दोस्रो जित

308 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । आर्मीले दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै लिगमा शीर्ष स्थान कायम राखेको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले २५-१९, २५-११ र २५-२० को सोझो सेटमा हात पारेको हो । पहिलो सेटमा दुबै टोलीका खेलाडीले लगातार सर्भिसमा गल्ती गर्न पुगेका थिए । दोस्रो सेटमा भने आर्मीले सहज जित हात पार्यो ।

तेस्रो सेटमा भने दावालीले कडा प्रतिस्पर्धा गरेको थियो । ८-८ मा दावालीले बराबरी गरेको थियो । दावाली १३(१२ बाट अग्रता लिन थालेको थियो । त्यसपछि लगातार अग्रता लिँदा आर्मीले १९ मा गएर भेटाएको थियो ।

आर्मीले तेस्रो सेटमा आफ्ना प्रमुख खेलाडीलाई भने बेन्चमा राखेको थियो । २०-२० को बराबरी अवस्थाबाट आर्मीले लगातार अंक जोड्दै जित पक्का गरेको थियो ।

आर्मीले पहिलो खेलमा शैलुङ बागढुङ्गा स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । आर्मीले सोमबार गण्डकी प्रदेशसँग दिउँसो ४ बजे प्रतिस्पर्धा गर्नेछ । आज दिउँसो १२ बजे नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

आज नै भएको पहिलो खेलमा टिपटप हेल्प नेपालले सैलुङमाथि २५-१२, २५-१५ र २५-१९ को सहज जित हात पारेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले खेलमा एकल प्रदर्शन गरेको । पाकिस्तान भलिबल टोलीका कप्तान अ‍ैमल खान र मजहर अलीको स्पाइक र सर्भिस सामु सैलुङका खेलाडी कमजोर देखिएका थिए ।

महिलातर्फ दिउँसो २ बजे एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४ बजे न्यु डायमन्ड र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेलमा ६ बजे पुलिस र एभरेष्टबीच प्रतिस्पर्धा हुनेछ ।

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

Success

Thank you for your time.