2 years ago
July 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता पहिलो खेलमा सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई सोझो सोटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फ पहिलो खेलमा आर्मीले सैलुङलाई २५-८, २५-१३ र २५-१७ ले पराजित गरेको हो । पहिलो सेट आर्मीले एकपक्षीय जित हात पार्यो ।
दोस्रो सेटमा सैलुङले केहि आशा देखाएको थियो । सैलुङका नविन महतोले तीन उत्कृष्ट स्पाइकमा अंक दिलाएका थिए । तेस्रो सेटमा भने आर्मीले आफ्ना पहिलो रोजाईका खेलाडीलाई विश्राम दिएको थियो । बेन्चमा भएका खेलाडीलाई पुरै सेट खेलाएकोे थियो
आजनै भएको महिलातर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१०, २५–११ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
दिनको तेस्रो खेलमा दिउँसो १२ बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । गण्डकी यस पटक तीन भारतीय खेलाडीका साथ आएको छ । दिनको अन्तिम खेलमा आज दिउँसो २ बजे एपिएफ र दावालीबीच प्रतिस्पर्धा हुनेछ ।
January 12, 2025
सुमन अधिकारी, बुटवल नवयुग लुम्बिनी क्लबले पृथ्वी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजनामा भएको प्रतियागिताको फाइनलमा नव युवाले ग्राण्ड कस्मो लुम्बिनीलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । ७६ रनको लक्ष्य पाएको नव युवाले १६.५ ओभरमा ५ गुमाउँदै ७७ बनाएको थियो । टोलीका एजाज […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीसँग टि ट्वान्टी आई सिरिज खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा भएको छ । टियु क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजका लागि नेदरल्याण्ड्सको टोली घोषणा भएको हो । नेदरल्याण्ड्स क्रिकेट बोर्डले बेबेटी डि लिडेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । सिरिज माघ १७ देखि २५ गते […]