2 years ago
July 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्टार स्पाइकर प्रतिभा मालीले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबको कप्तानी गर्ने भएकी छिन् ।
न्यु डायमन्डकी नियमित कप्तान ललिता नाथले खेलाडी जीवनबाट विश्राम लिने निर्णय गरेसँगै प्रतिभाले टोलीको कप्तानी सम्हाल्ने जिम्मेवारी पाएकी हुन् । ललिता भने टोलीको सहायक प्रशिक्षकको रुपमा रहनेछिन् ।
न्यु डायमन्डले शनिबारदेखि सुरु हुने प्रतियोगिताको लागि टोली घोषणा पनि गरेको छ । कप्तान प्रतिभासँगै राष्ट्रिय टोलीका सलिना श्रेष्ठ, रिमा कुँवर र प्रगति नाथ पनि टोलीमा छन् । यसबाहेक वाल्मिका आचार्य, सुमित्रा रेग्मी, सलिना बुढा मगर र एन्जिला प्रधान पनि छन् ।
युवा खेलाडीहरु एलिसा मानन्धर, जेनिशा विश्वकर्मा, भावना तामाङ र निशा महर पनि १२ सदस्यीय टोलीमा अटाएका छन् । टोलीको मुख्य प्रशिक्षकमा कुमार राई छन् । सहायक प्रशिक्षकमा ललिता तथा व्यवस्थापकमा किरण कार्की नियमित छन् ।
प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ ७ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुंग बाग ढुंगा स्पोर्ट्स क्लब र दावाली मिलन क्लब रहेका छन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा दुवैतर्फको विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
न्यु डायमन्डको टोली :
प्रतिभा माली (कप्तान), सलिना श्रेष्ठ, रिमा कुँवर, प्रगति नाथ, वाल्मिका आचार्य, सुमित्रा रेग्मी, सलिना बुढा मगर, एन्जिला प्रधान, एलिसा मानन्धर, जेनिशा विश्वकर्मा, भावना तामाङ र निशा महर
अफिसियल : कुमार राई (प्रशिक्षक), ललिता नाथ (सहायक प्रशिक्षक), किरण कार्की (व्यवस्थापक)
यो पनि पढ्नुहोस : चम्कन नपाउँदै विश्राम लिएकी ‘डायमन्ड’ ललिता
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]