8 years ago
January 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा पुनः शीर्षस्थानमा उक्लेको छ । बालाजु नयाँ बस पार्कस्थित नवनिर्मित कोटमा बुधबार रामेछापको चन्डेश्वरी युवा क्लबलाई हराँयदै न्यु डाइमन्ड अग्रस्थानमा पुगेको हो ।
रामेछापको चन्डेश्वरी युवा क्लवविरुद्धको सर्ट हान्दै न्यू डायमन्ड एकेडेमीकी प्रतिभा माली ।
चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा हराएको न्यू डाइमन्टले ५ खेलबाट १५ अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको विभागिय टोली एपिएफको १२ अंक छ । बुधबार अन्य खेलमा रिड मोडल कलेज र नेपाल पुलिस क्लबले पनि सफलता प्राप्त गरेका छन् ।
स्वयुम्भू ठूलो भ¥याङस्थित रिड मोडल कलेजले नैकापको न्यू डायमन्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हरायो । भारतीय राष्ट्रिय खेलाडीको सम्मिलित मोडलले २५–१४, २५–६ र २६–१२ सेटमा नतिजा आफ्नो पक्षमा परेको थियो । पुलिसले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई ३–१ ले पराजित गर्यो ।
डबल लिगमा त्रिभुवन आर्मी क्लब ४ खेलबाट १२ अंक जोड्दै तेस्रो र ६ खेलबाट १२ अंक बटुलेको पुलिस चौथो स्थानमा छ । आयोजक ढोरपाटन स्पोर्टस् क्लवले ५ खेलबाट ८ अंक,चन्डेश्वरीले ६ खेलबाट ७ अंक तथा पश्चिमाञ्चलले ३ खेलबाट ३ अंक बटुलेको छ । बिजेश्वरी ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस्ले खाता खोल्न सकेको छैन ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]