2 years ago
July 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मात्र १३ वर्षको उमेरमा स्कुले विद्यार्थी आइस्टिना टन्डनले गल्फमा गजबको सफलता हासिल गरेकी छिन् । सामान्यतया कलिलो उमेरका खेलाडी जुनियर श्रेणीमा प्रतिस्पर्धा गर्छन्, तर भर्खर टिनएजमा प्रवेश गरेकी आइस्टिनाले नेपाली गल्फका अनुभवी महिला गल्फरलाई पछि पार्दै उपाधि पनि जित्दै आएकी छिन् ।
गल्फ सुरु गरेको तीन वर्ष नबित्दै उनी नेपालका शीर्ष महिला एमेच्योर गल्फरसामु कडा चुनौती पेश गर्दैछिन् । उनी आफ्नो लगातारको मिहिनेत नै सफलताको कारण रहेको बताउँछिन् ।
आइस्टिनाले सन् २०२० को मार्चमा आफूले खेलेको पहिलो प्रतियोगितामै जुनियर तर्फ उपाधि जितेकी थिइन् । त्यसयता उनले जुनियर विधामा दर्जन बढी उपाधि जितिसकेकी छिन् । २०२२ को नेपाल टुरिजम एमेच्योर गल्फमा महिला विधाको विजेता बनेकी उनी गत महिना सम्पन्न एसियाली खेलकुद छनोटमा चौथो भएकी थिइन् । ३ खेलाडी एसियाली खेलकुदको क्याम्पमा छनोट हुँदा आइस्टिना राष्ट्रिय टोलीमा पर्न चुकिन् ।
आइस्टिना हाल गल्फ प्रशिक्षक दिपक आचार्यसँग प्रशिक्षण गरिरहेकी छिन् । यो उमेरमा आइस्टिनाको सफलताले राम्रो संकेत दिएको उनी बताउँछन् । आचार्यका अनुसार अन्तिम दिन थकानका कारण खेल बिग्रंद आइस्टिना एसियाली खेलकुदमा छनोट हुनबाट चुकेकी थिइन् । आइस्टिना आफैं पनि एसियाली छनोटमा चुक्नुलाई सकरात्मक सिकको रुपमा लिएको बताउँछिन् ।
शारीरिक व्यायामका लागि गल्फमा छोरीलाई आवद्ध गराएका पिता चन्द्र टन्डन उनको प्रदर्शन देखेर हर्षित छन् । आइस्टिनाको सफलताको श्रेय भने उनले प्रशिक्षक आचार्यलाई दिए ।
आइस्टिनाका क्याडी पनि दिन प्रतिदिन खेल सुधार हुँदै गएकोमा खुसी देखिन्छन् । आइस्टिनालाई नेपालको पहिलो महिला प्रो बन्नेमा निकै आशावादी छिन् । तर उनले यसका लागि आफ्नो खेलमा निकै सुधार ल्याउनुपर्ने र आफ्नोमिहिनेत जारी राख्ने बताइन् ।
आइस्टिनाका पिता चन्द्रले खेलसँगै पढाइलाई पनि उत्तिकै महत्त्व दिन जरुरी रहेको बताउँछन् । आइस्टिना पनि पढाइ र खेलको सन्तुलन मिलाउन आफूले घरमै बसेर पनि प्रशिक्षण गर्ने गरेको बताउँछिन् । उनले परिवारले खेलमा निरन्तरता दिन निकै साथ दिने गरेको बताइन् ।
कलिलो उमेरमै जितेको उपाधिले उनलाई मनोबल बढाउन सहयोग गरेको छ । क्षमताले भरिपूर्ण आइस्टिना भविष्य राम्रो हुनेमा विश्वस्त छिन् ।
पुरुषको एमेच्योरतर्फ सद्भाव आचार्य र सुभाष तामाङले लगातार उच्च प्रदर्शन गरिरहँदा महिलातर्फ आइस्टिनाको उदयले समग्र गल्फ खेलको भविष्य उज्ज्वल देखिन्छ । कलिलो उमेरमै पहिचान भएका यी प्रतिभाको स्तरोन्नतिका लागि सरोकारवाला पक्षले आवश्यक भूमिका खेल्ने हो भने नेपालले विश्वस्तरीय गल्फर उत्पादन गर्ने सम्भावना राखेको छ ।
आइस्टिना, उनका पिता र प्रशिक्षक गफ करिअरबारे यसो भन्छन् । भिडियो हेर्न यहाँ थिच्नुहोस ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]