2 years ago
June 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि नेपाल गल्फ संघले भारतका तरूण सरदेशाईलाई प्रशिक्षक नियुक्त गरेको छ ।
नेपाल गल्फ संघ र तरूण सरदेशाईबीच एसियन गेम्सको लागि सम्झौता भएको छ । सम्झौता अनुसार एसियन गेम्ससम्म सरदेशाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकको रूपमा रहनेछन् । नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दिपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन् । एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाओमा हुनेछ ।
तरूण सरदेशाईको नेतृत्वमा नेपाली टिमले भारतको बैंगलोर स्थित तरूण सरदेशाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरू गरिसकेको छ । एशियन गेम्समा प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुभाष तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणको लागि बैंगलोर पठाएको हो । नेपाल नम्बर एक एमरच्योर गल्फर सुभाषसँगै सदभाव आचार्य गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका थिए । बन्द प्रशिक्षणकै दौरान सुभाष र सदभावले जुलाई १८ देखि २१ सम्म अर्किड कन्ट्री क्लबमा हुने सिंगापुर एमेच्योर ओपनमा सहभागीता जनाउनेछन् ।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर […]