2 years ago
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेदरल्यान्ड्सले आइसिसी विश्वकप छनोटमा नेपालले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउनेक्रममा सानदार ब्याटिङ प्रदर्शन गरेको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १३ ओभरमा १ विकेट गुमाउँदै ८६ रन बनाएको छ ।
नेदरल्यान्ड्सका म्याक्स ओडाउड ३५ बलमा ४ चौका र ४ छक्कासहित ५५ रनमा नट आउट छन् । पहिलो विकेटका लागि म्याक्स र विक्रमजित सिंहले १३ ओभरमा ८६ रनको साझेदारी गरेका थिए ।
१३ औं ओभरको अन्तिम बलमा सन्दीपले विक्रमजितलाई ३० रनमा एलबीडब्लू आउट गरे । उनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]