default_image

1 year ago

June 18, 2023

केल्मीको नक्कली सामाग्री बनाउने तीन जना पक्राउ

271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पोशाक उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनि केल्मीको नक्कली सामग्री उत्पादन तथा वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली खेलकुद क्षेत्रमा निकै आक्रामक बजार भएको केल्मीको नक्कली सामाग्री निर्माण तथा विक्री गर्ने तीन व्यक्तिलाई आइतबार फरक फरक ठाउँबाट पक्राउ गरिएको हो । पोखरास्थित ज्याकेट हाउसबाट ५ सय प्रति पोशाक सहित त्यस संस्थाका मालिकलाई प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई बैदाम प्रहरीले हिरासतमा राखेको छ ।

त्यस्तै काठमाडौंबाट पनि दुई जनालाई पक्राउ गरिएको छ । एसकेसी गार्मेन्ट, भोटाहिटी र सुजन सिर्जना शिभम रेडिमेड स्टोर, महाबौद्धबाट पनि १२०० पिस सामाग्री सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुवै संस्थाका मालिक र सामाग्री निर्माण गर्ने मेसिसहित एक भारतीय नागरिक छन् ।

नेपालमा केल्मीको अधिकारिक विक्रेता तथा वितरक कामरु ट्रेडिङ प्रालिले आधिकारिक केल्मीको स्टोरबाट मात्र सक्कली सामग्री खरिद गर्न आग्रह गरेको छ । केल्मीले नेपाली खेलकुदमा राष्ट्रिय क्रिकेट टोली, राष्ट्रिय भलिबल टोली, ए डिभिजन फुटबल क्लब लगायत विभिन्न टोलीलाई प्रायोजन गर्दै आएको छ ।

केल्मीले ग्राहकहरुको सहजताका लागि नेपालभर आफ्नो आउटलेट खोलेको छ । दरवारमार्गमा मुख्य स्टोर रहेको केल्मीले देशभर २० ओटा आउटलेट खोलेको छ । राजधानीमा ७ ओटा र देशका मुख्य सहरमा केल्मीका १३ स्टोर रहेका छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

Success

Thank you for your time.