8 years ago
January 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा आफ्नो अपराजित यात्रा कायम राख्दै न्युडायमण्ड एकेडेमी शिर्ष स्थानमा यथावत नै छ ।
न्युडायमण्ड लगातार चार जीत हात पार्दै १२ अंकका साथ लिगको शिर्ष स्थानमा छ । नयाँ बसपार्कमा सोमबार भएको तेस्रो दिनको खेलमा न्युडायमण्डले चौथो खेलमा कमजोर प्रतिद्धन्दि विजेश्वरी ज्ञानमन्दिर सैनिक स्कुललाई ३–० को सोझो सेटमा हरायो । न्युडायमण्डले विजेश्वरीमाथी २५–२,२५–३ र २५–० को सहज जित निकाल्यो ।
विभागीय टोली एपीएफले तीन खेलबाट अपराजित रहदै ९ अंक जोडेको छ । यससँगै एक खेल कम खेलको एपीएफले चिरपरिचित प्रतिद्धन्दि न्युडायमण्डलाई पछ्याइरहेको छ । एपीएफले आफ्नो तेस्रो खेलमा विभागिय प्रतिद्धन्दि पुलिसलाई ३–१ ले हरायो । पहिलो सेट २०–२५ ले गुमाएको एपीएफ खेलमा फर्कदै लगातार तीन सेट २५–१५,२५–१६ र २५–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले पहिलो खेलमा पराजय बेहोरेपनि दोस्रो खेलमा आयोजक ढोरपाटनलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले ढोरपाटनलाई २५–१२,२५–१० र २५–१७ ले हराउदै लिगमा दोस्रो जित हात पा¥यो ।
पुलिस क्लब चार खेलमा ६ अंक मात्र बटुल्दै पाँचौ स्थानमा छ । पराजित आयोजक ढोरपाटन तीन खेलमा एक जित हात पारेपनि दुई अंक जोडेको छ । उसले चण्डेश्वरीसँग भएको खेलमा ३–२ ले नतिजा आफ्नो पक्षमा पारेपछि एक अंक गुमाएको थियो । त्यस्तै रामेछापको चण्डेश्वरीले न्युडायमण्ड स्पोट्र्स क्लबलाई ३–०को सोझो सेटमा हरायो । चण्डेश्वरीले २५–२३,२५–२१ र २५–९ ले
खेल आफ्नो पक्षमा परेको थियो । चण्डेशवरी चार खेलबाट दुई जितमा ७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । उसले आयोजकसँगको खेलमा पराजित भएपनि एक अंक बटुलेको थियो । नेपाल आर्मीले चण्डेश्वरीलाई २५–६ ,२५–१९ र २५–१० को सोझो सेटमा हरायो । चौथो स्थानमा रहेको आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]