8 years ago
January 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – लगातार तीन खेल जित्दै न्यू डाइमन्ड एकेडेमी १२ औँ ढोरपाटन महिला डबल लिग भलिबलको अंकतालिकामा शीर्षस्थानमा पुगेको छ । दुई जितका साथ विभागीय टोली एपिएफ दोस्रो स्थानमा छ ।
नयाँ बसपार्क स्थित कान्तिपुर महलको मैदानमा आइतबार भएको पहिलो खेलमा न्युडामण्डले नेपाल पुलिस क्लबलाई २५–१४,२५–१६,१३–२५ र २५–१३ ले हरायो । दोस्रो खेलमा आफ्नै क्लब न्युडायमण्ड स्पोट्र्सलाई २५–९,२५–९ र २५–४ को सोझो सेटमा हराउदै न्यूडाइमन्डले लगातार तेस्रो जित हात हासिल गरेको थियो ।
एपीएफले पहिलो खेलमा विजेश्वरी ज्ञानमन्दिरलाई २५–६,२५–१२ र २५–९ को सोझो सेटमा हराउदै लगातार दोस्रो जित निकाल्यो । अर्को विभागीय टोली त्रिभुवन आर्मीले विजेश्वरी ज्ञान मन्दिरलाई २५–६,२५–१२ र २५–९ ले हराउदै लिगमा दुई जित हात पा¥यो ।
अन्य खेलमा आयोजक ढोरपाटन स्पोट्स क्लबले चण्डेश्वरी क्लबमाथी ३–२ को रोमाञ्चक जित हात पा¥यो । ढोरपाटन २५–१८, २५–१९,१९–२५,२१–२५,१५–८ ले विजयी भएको थियो । हारको बाबजुत चण्डेश्वरीले एक अंक हात पार्न सफल भयो ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]