2 years ago
June 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल टुर २०२२-२३ अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारबाट सुरु हुँदा शीर्ष वरीयताका लागि प्रतिस्पर्धा हुने भएको छ ।
गोकर्ण गल्फ क्लबमा हुने प्रिमियर गल्फ च्याम्पियनसिप चार दिन सम्म चल्ने छ । ७२ होलमा हुने च्याम्पियनसिपको सुरुवाती दुई दिनपछि शीर्ष २१ व्यावसायिक खेलाडीले मात्र अन्तिम ३६ होलको प्रतिस्पर्धा गर्न पाउनेछन् । जसमा एमेच्योरतर्फका शीर्ष ६ खेलाडी पनि रहनेछन् ।
कुल १५ लाख २० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार र दोस्रो हुने खेलाडीले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल प्रोफेसनल्स गल्फर एसोसिएसन (एनपिजिए) का महासचिव दीपक आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै च्याम्पियनसिपको तेस्रो हुने खेलाडीले १ लाख २० हजार, चौथो हुनेले १ लाख र पाँचौं हुने खेलाडीले ८६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष २१ भित्र पर्ने खेलाडी सबैले पुरस्कार रकम प्राप्त गर्नेछन् ।
च्याम्पियनसिपमा ४१ व्यवासायिक तथा एमेच्योरमा उच्च प्रदर्शन गरिरहेका सुभाष तामाङ र सद्भाव आचार्यसहित ९ जनाले प्रतिस्पर्धा गर्नेछन् । सुभाष र सद्भावले टुरको पछिल्लो दुई उपाधि जितेका छन् ।
टुर अन्तर्गत ८ मध्ये ७ वटा च्याम्पिनसिपको समाप्ती सम्म ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सुचीको शीर्षस्थानमा छन् । उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । यस प्रतियोगिताले अर्को सिजनको नम्बर १ को पनि छिनोफानो हुनेछ ।
च्याम्पियनसिपको समाप्तीपछि शनिबार प्रोएम प्रतियोगिता हुनेछ । जसमा २५ व्यवसायिक र एक सय एमेच्योर गल्फहरुको सहभागिता रहनेछ बताइएको छ । एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले च्याम्पियनसिपको मुख्य प्रायोजक सूर्य नेपाल र सहभागी खेलाडीहरुलाई धन्यवाद दिए ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]