8 years ago
January 7, 2017
काठमाडौँ ।ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको १२औं संस्करणको उद्घाटन खेलमा न्यु डायमण्डले आयोजक ढोरपाटन स्पोट्र्स क्लबलाई २५–४,२५–५ र २५–२ले हराउदै विजयी शुरुआत गरेको छ ।
बसपार्कस्थीत कान्तिपुर महलमा भएको दोस्रो खेलमा एपीएफले न्यु डायमण्ड स्पोट्र्स एकेडेमिलाई २५–५,२५–६ र २५–४ ले हरायो । अन्य खेलमा चन्डेश्वरीले विजेश्वरीलाई २५–१९,२५–१७ र २५–७ ले हराउदा नेपाल पुलिसले आर्मीलाई २५–१६,२५–१४,१५–२५ र २५–१० ले हरायो । प्रतियोगिताको उद्घाटन रक्षामन्त्रि बालकृष्ण खाँडले गरेका थिए । सो अवसरमा ढोरपाटन क्लबका उपाध्यक्ष किरण घायलले स्वागत मन्त्यब्य ब्यक्त गरेका थिए ।
सर्वाधिक पुरस्कार रासीको महिला डबल लिग भलिबल माघ ८ गतेसम्म नयाँ बसपार्कस्थित भलिबल कोर्टमा चल्नेछ । दश टिमको सहभागिता रहेको प्रतियोगितामा गत संस्करणको विजेता नेपाल एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, त्रिभुवन आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, आयोजक ढोरपाटन स्पोर्टस क्लब, विजेश्वरी ज्ञान मन्दिर, न्यु डायमण्ड स्पोर्टस् क्लब र रिड मोडल कलेज रहेका छन् ।
न्यु डायमण्ड स्पोर्टस् क्लब र रिड मोडलको प्रतियोगितामा पहिलो सहभागिता हो । महिला डबल लिग भलिबलको विजेताले ३ लाख २० हजारसहित रनिङशिल्ड र मेडल प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १ लाख ६० हजार, तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् । चौथो देखि सातौ हुनेले क्रमशः ४५ हजार, ३५ हजार, २५ हजार र १५ हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदियमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिजले एक–एक थान टिभिएर स्कुटी प्राप्त गर्नेछन् । यस्तै हरेक १२ वर्षको अन्तरमा हुने गरी १२ वर्षको खेल दौरानमा खेलाडीले गरेको प्रदर्शनको आधारमा एक जना खेलाडीलाई ग्रेट अचिभमेन्ट अवार्डसहित एक थान स्कुटी प्रदान गरिनेछ । उत्कुष्ट, स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भिस, ब्लकर, उत्कुष्ट क्विकर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५–५ हजार पुरस्कार दिइने आयोजकले बताएको छ ।
November 16, 2024
एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]
November 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत नवलपुरका सुदीप अर्याललाई आइकोनिक प्लेयरका रुपमा छनोट गरेको छ । पोखराले शुक्रवार अलराउण्डर सुदीप टोलीका लागि आइकोनिक प्लेयरको रुपमा छनोट गरेको जनाएको छ । अलराउन्डर सुदीप ट्यालेन्ट हन्टबाट छनोट हुने पहिलो आइकनिक प्लेयर बनेका छन्। पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार गण्डकी […]
November 16, 2024
एजेन्सी – क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहदै क्वाटरफाइनलमा स्थान बनाउन सफल पोर्चुगलले पोल्यान्डमागि ५-१ को सहज जित हात पार्यो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले दुई तथा राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे । यस जितले […]