default_image

1 year ago

May 29, 2023

फाती चम्कँदा बार्सिलोनाको सानदार जित

260 views

0 Bookmark

एजेन्सी – स्पेनिस युवा विंगर अन्सु फाती चम्कँदा यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनिसकेको क्याटलान क्लब बार्सिलोनाले सानदार जित हात पारेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियल मलोर्कामाथि ३–० को सहज जित हात पारेको हो । बार्सिलोनाका जितमा अन्सु फातीले दुई तथा पाब्लो गाभीले एक गोल गरे ।

स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलको पहिलो मिनेटमा नै फातीको गोलबाट बार्सिलोना अघि बढेको थियो । उनले गाभीको पासमा गोल गर्न सफल भएका थिए ।

१४औं मिनेटमा मलोर्का १० खेलाडीमा समेटिन पुग्यो । एमाथ डिआए सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा बार्सिलोनालाई थप सहज स्थिति बन्यो ।

२४औं मिनेटमा फातीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ७०औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनाको सहज जित पक्का गराए । गाभीले र्आसमाने डेम्वेलेको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितले च्याम्पियन बनिसकेको बार्सिलोनाको ३७ खेलबाट ८८ अंक पुगेको छ । मलोर्का ४७ अंक जोडेर १२औं स्थानमा छ ।

अन्य नतिजा
अल्मेरियाविरुद्ध रियल भालाडोलिड (०–०)
एथलेटिको बिल्वाओविरुद्ध इल्चे (०–)
एट्लेटिको मड्रिडविरुद्ध रियल सोसिडाड (–१)
क्याडिजविरुद्ध सेल्टा डि भिगो (–०)
गेटाफेविरुद्ध ओसासुना (–१)
जिरोनाविरुद्ध रियल बेटिस (१–)
रायो भालेकानोविरुद्ध भिल्लारियल (२–१)
भ्यालेन्सियाविरुद्ध इस्पान्योल (२–२)

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

Success

Thank you for your time.