default_image

2 years ago

May 28, 2023

सलिना काभा च्यालेन्ज कपको उत्कृष्ट लिवेरो

296 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला भलिबलकी सलिना श्रेष्ठ काभा महिला भलिबल च्यालेन्ज कपको उत्कृष्ट लिवेरो घोषित भएकी छिन् । प्रतियोगिताभर सानदार प्रदर्शन गरेकी सलिनाले अन्य ७ देशका लिवेरोलाई पछि पार्दै उक्त अवार्ड प्राप्त गरेकी हुन् ।

नेपालले उज्वेकस्तानलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । नेपाल सेमिफाइनलमा काजकिस्तानसँग ३-२ को सेटमा पराजित भएपछि सलिनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपाल भारतसँग समूह चरणको खेलमा ३-१ को सेटमा पराजित हुँदा पनि उच्च प्रदर्शन गरेकी थिइन् । समग्र प्रतियोगिताभर उनले उच्च प्रदर्शन गरिन् ।

भारतकी कप्तान तथा आउटसाइड हिटर निर्मल च्यालेन्ज कपकै सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । काजकस्तानकी बोला युताएभा पहिलो उत्कृष्ट आउट साइड हिटर तथा भारतकी अनुश्री पोइली दोस्रो बेस्ट आउटसाइड हिटर भइन् ।

भारतकी सुर्या थोतांगाल पहिलो बेस्ट मिडल ब्लकर तथा उज्वेकिस्तानकी खोडी साखोन दोस्रो उत्कृष्ट मिडल ब्लकर भइन् । भारतकी कोभट साजी जिनी उत्कृष्ट सेटर भइन् । उनीहरु सबैले ट्रफी हात पारिन् ।

भारतले फाइनलमा काजकिस्तानलाई सोझो सेटमा पराजित गर्दै च्याम्यियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनलमा भारतले काजाकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।

भारतले काजाकिस्तानलाई २५–१५, २५–२२ र २५– ले हराउँदै उपाधि जितेको हो । नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै तेस्रो भएको थियो

December 22, 2024

म्यानचेस्टर सिटीको खराब प्रदर्शन जारी

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन रोकिएको छैन । सिटी शनिवार एस्टन भिल्लासँग २-१ ले पराजित भएको हो । भिल्ला पार्कमा घरेलु टोलीलाई दिलाउन जोन डुरान र मोर्गन रोजर्सले गोल गरे । सिटीका लागि फिल फोडेनले सान्त्वना गोल गरे । सिटीले पछिल्ला १२ खेलमा ९ हार र एक खेलमा मात्र […]

December 22, 2024

बार्सिलोना एट्लेटिकोसँग पराजित

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राती भएको खेलमा बार्सिलोना २–१ गोलअन्तरले पराजित हुदै दोस्रो स्थानमा धकेलिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन डि पाउल र एलेक्जेन्डर सोर्लोथले गोल गरे । घरेलु टोली बार्सिलोनाका लागि प्रेड्रीले सान्त्वना गोल फर्काए […]

December 22, 2024

कुवेतमाथि रोमान्चक जितसँगै युएई च्याम्पियन

एजेन्सी – घरेलु टोली युएईले गल्फ टी-२० च्याम्पियनसिपको फाइनलमा कुवेतमाथि २ रनको रोमान्चक जित निकाल्दै उपाधि जितेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए […]

Success

Thank you for your time.