default_image

2 years ago

May 28, 2023

भारत काभा महिला भलिबल च्यालेन्ज कपको च्याम्पियन

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतले नेपालमा सम्पन्न काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा काजाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै च्याम्यियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनलमा भारतले काजाकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।

भारतले काजाकिस्तानलाई २५–१५, २५–२२ र २५– ले हराउँदै उपाधि जितेको हो । आजै तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै तेस्रो भएको थियो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै तेस्रो बनेको थियो ।

दोस्रो सेटमा २५–१६ को सहज जित निकालेको नेपालले तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो । चौथो तथा अन्तिम सेटमा २५–१३ को सहज जित निकाल्दै नेपाल च्यालेन्ज कपमा तेस्रो भएको हो ।

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

Success

Thank you for your time.