2 years ago
May 27, 2023
काठमाडौं(हाम्रो खेलकुद) – श्रींलकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पाँचौं स्थान हात पारेको छ । शनिबार पाँचौं स्थानको लागि भएको खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै पाँचौं बनेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा श्रीलंकाले २५-११, २५-२० र २५-१४ को सोझो सेटमा जित हात पार्यो । त्यस्तै माल्दिभ्सले बंगलादेशलाई ३-१ को सेटमा पराजित गर्दै सातौं स्थान हात पारेको छ ।
माल्दिभ्सले पहिलो सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्दै सातौं स्थान हात पारेको थियो । माल्दिभ्सले २१-२५, २५-१४, २५-२३ र २५-१५ ले हराउँदै सातौं स्थानमा अन्त्य गरेको हो । बंगलादेश भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै बाहिरिएको छ ।
तेस्रो स्थानको लागि आइतबार नेपाल र उज्वेकस्तानबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र उज्वेकस्तानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । नेपाल दोस्रो सेमिफाइनल खेलमा काजस्कतानसँग ३-२ को सेटमा पराजित हुँदै बाहिरिएको थियो ।
उज्वेकस्तान पहिलो सेमिफाइनल खेलमा भारतसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । उपाधिको लागि भारत र काजस्तानबीच दिउँसो ४ बजे खेल सुरु हुनेछ ।
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]