2 years ago
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका चार जना एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट पूर्ण रुपमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री बन्न सफल भएका छन् ।
नेपालमा भइरहेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा मुख्य रेफ्रीको भूमिकामा दुई अन्तर्राष्ट्रिय खेल खेलाएसँगै नेपालका चारदजना इन्टरनेसनल रेफ्री क्यान्डिडेट पूर्ण रुपमा अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका हुन् ।
टहल सिंह थापा मगर, विजय केसी, विकास गुरुङ र पूर्ण प्रसाद चौलागाईं अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका हुन् । यससँगै अब नेपालमा ७ जना इन्टरनेसनल भलिबल रेफ्री भएका छन् । यसअघि गौतम प्रसाद लासिवा, कुल बहादुर राना र चन्द्र वदना राई अन्तर्राष्ट्रिय भलिबल रेफ्री थिए ।
टहल र पूर्ण २०१७ मा तथा बिकास र विजय २०१८ मा एभिसी इन्टरनेसनल रेफ्री क्यान्डिेडट बनेका थिए । यि चारै जना एकैपटक इन्टरनेसनल रेफ्री बन्न सफल भएका हुन् ।
पूर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका स्याङ्जाका टहल सन् २०११ यता रेफ्रीको भुमिका निभाइरहेका छन् । टहलले सन् २०११ मा फिव भिसिपी कोर्ष र सोही वर्ष फिव लेभल–१ भलिबल कोचेज कोर्ष उत्तिर्ण गरेका थिए । टहलले सन् २०१४ मा राष्ट्रिय भलिबल रेफ्री कोर्ष पूरा गर्दै राष्ट्रिय रेफ्री बनेका थिए ।
त्यसपछि टहल सन् २०१७ मा थाइल्यान्डको बैंककमा एभिसी इन्टरनेशनल रेफ्री क्यान्डिडेट कोर्ष पूरा गर्दै इन्टरनेसनल रेफ्री क्यान्डिडेट बनेका थिए । उनले काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तान र श्रीलंका तथा काजकास्तान र उज्वेकिस्तानबीचको खेलमा पहिलो रेफ्री तथा उज्वेकिस्तान र माल्दिभ्सबीचको खेलमा दोस्रो रेफ्रीको भुमिका निभाइसकेका छन् ।
यस्तै वि.स. २०६५ सालमा राष्ट्रिय रेफ्री बनेका काभ्रेका केसी सन् २०१८ मा थाइल्यान्डमा भएको एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट कोर्ष उत्तिर्ण गरेपछि एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट बनेका थिए ।
केसीले काभा महिला भलिबल च्यालेन्ज कपमा श्रीलकां र काजकस्तान तथा श्रीलंका र माल्दिभ्सबीचको खेलमा पहिलो रेफ्री तथा बंगलादेश र भारत तथा किर्गिस्तान र माल्दिभ्सबीचको खेलमा दोस्रो रेफ्रीको भुमिका निभाएका थिए । केसी सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक पदमा कार्यरत छन् र अन्य खेलकुदमा पनि सक्रिय भूमिकामा देखिन्छन् ।
२०६८ सालदेखि भलिबल रेफ्री रहेका गोरखाका विकास गुरुङ २०१८ मा एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट बनेका थिए । माल्दिभ्स र किर्गिस्तान तथा किर्गिस्तान र माल्दिभ्सबीचको खेलमा पहिलो रेफ्री तथा माल्दिभ्स र काजकस्तानबीचको खेलमा दोस्रो रेफ्रीको भुमिका निभाइसकेका छन् ।
सन् २००९ क्षेत्रीय रेफ्री बनेका जुम्लाका पूर्ण सन् २०१३ मा राष्ट्रिय रेफ्री बनेका थिए । सन् २०१५ मा थाइल्यान्डमा सिनियर रेफ्री रिफ्रेसर कोर्ष पूरा गरेका पूर्णले सन् २०१७ को मेमा इन्टरनेसनल रेफ्री क्यान्डिेडेट कोर्ष पूर्ण गर्दै इन्टरनेसनल रेफ्री क्यान्डिडेट बनेका थिए ।
पूर्णले काभा महिला भलिबल च्यालेन्ज कपमा श्रीलंका र बंगलादेश तथा उज्जेकिस्तान र किर्गिस्तानबीचको खेलमा पहिलो रेफ्री तथा काजकस्तान र किर्गिस्तानबीचको खेलमा दोस्रो रेफ्री बनेका छन् ।
नेपालका यि सबै चारै जना रेफ्रीले दक्षिण एसियाली खेलकुद (साग) र सेन्ट्रल जोन जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भुमिका निभाइसकेका छन् ।
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]