2 years ago
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काजकस्तानले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गर्दै समूह बी को विजेता बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६(२४, २५-१६, २५-११ र २५-१८ ले हराउँदै समूह विजेता बनेको हो ।
पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर सेट प्वाइन्टमा सर्भिसमा गल्ती गरेपछि काजकस्तानले पहिलो सेट गुमाएको थियो । तर दोस्रो र तेस्रो सेटमा भने काजकस्तानले पुरै फरक प्रदर्शन गर्यो । चौथो सेटमा भने सुरुवातमा दुबै टोलीले निकै प्रतिस्पर्धा गरेका थिए । एक समय ११-११ को बराबरी अवस्थाबाट लगातार ८ अंक बटुलेपछि काजकस्तानले जितको आधार तय गरेको थियो ।
काजकस्तानले अव समूह ए को उपविजेतासँग खेल्नेछ । समूह ए मा आज दिउँसो तीन बजेबाट सुरु हुने नेपाल र भारतबीचको खेलले समूह ए को विजेता र उपविजेता निर्धारण गर्नेछ । समूह बी को उपविजेता उज्वेकिस्तानले समूह ए को विजेतासँग खेल्नेछ ।
समूह बी मा काजकस्तान ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रह्यो । उज्वेकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । श्रीलंका र माल्दिभ्स भने जित विहीन हुँदै तेस्रो र चौथो स्थानमा रहेर बाहिरिए ।
समूह ए मा भारत २ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । नेपाल २ खेलमा ६ अंक भएपनि सेटका कारण दोस्रो स्थानमा छ । कीर्गिस्तान ३ खेलमा १ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । बंगलादेश ३ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरियो ।
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]