2 years ago
May 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एआइपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।
दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआइपीएस एसियाको २४ औं कंग्रेस दौरान एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) ले मंगलबार एनएसजेएफलाई उक्त अवार्ड प्रदान गरेको हो । एआइपीएस एसियाका अध्यक्ष हि डोन जुङले एनएसजेएफका महासचिव प्रज्वल ओलीलाई अवार्ड प्रदान गरे ।
अवार्ड वितरण समारोहमा एनएसजेएफका केन्द्रिय सदस्य निशान राई र एआइपीएस एसियाका कोषाध्यक्ष समेत रहेका एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीको उपस्थिति रहेको थियो। खेलकुद पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै एनएसजेएफलाई अवार्ड प्रदान गरिएको एआइपीएस एसियाले जनाएको छ।
‘हाम्रो एआइपीएस एसियाका सदस्य राष्ट्र मध्ये एनएसजेएफ सबैभन्दा सक्रिय संस्था हो । हामीलाई प्राप्त जानकारी अनुसार खेलकुद पत्रकारिता र खेलकुद पत्रकारहरुको वृतिविकासको लागि एनएसजेएफले वर्षभरि विभिन्न कार्यक्रम गर्दै आएको छ । म बधाई दिन चाहन्छु, ’ अवार्ड प्रदान गरेपछि अध्यक्ष जुङले भने ।
एनएसजेएफ नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन हो । एनएसजेएफले हरेक वर्ष एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको साथै खेलकुद पत्रकारहरुको वृत्तिविकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।
यस्तै बंगलादेश स्पोर्ट्स प्रेस युनियनले समेत ‘एआइपीएस बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।
एआइपीएस एसियाका पूर्व अध्यक्ष ग्याप चुल पार्क, पूर्व सदस्य मानुचोर जान्दी र युसुफ बर्जाबीलाई एआइपीएस लिजेन्ड अफ एसिया अवार्ड प्रदान गरिएको छ । फिफा विश्वकप आयोजक कतारले बेस्ट अर्गनाइजर अवार्ड तथा बेस्ट सपोर्टर अवार्ड साउदी अरेबियाले प्राप्त गरेको छ। हि डोन जुङलाई बेस्ट एआइपीएस प्रेसिडेन्ट प्रदान गरिएको छ।
त्यस्तै कंग्रेस दौरान एआइपीएस एसियाका कोषाध्यक्ष राजवंशी र महासचिब अमजद अजिज मल्लिकले पेश गरेको वार्षिक प्रतिवेदन पारित गरेको थियो ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यो वर्ष काठमाडौंमा हुने भएको छ । काठमाडौंमा सोमवार पत्रकार सम्मलेन गर्दै बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता यही चैत २३ (अप्रिल ५)मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुनेछ ।एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणका रूपमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]