default_image

2 years ago

April 28, 2023

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलमा कोसी र लुम्बिनी विजयी

362 views

0 Bookmark

हिमाल खरेल,दमक

झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोसी प्रदेश विजयी सुरुवात गरेका छन् ।

कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविको खेल मैदानमा भएको खेलमा कोसी प्रदेशले पाहुना टोली सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गर्यो । कोसीले सुदूरपश्चिमलाई २५-१७, २५-१७ र २६-२४ को सेटमा हराएको छ । पहिलो जितमै कोसी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

रात्रिकालीन प्रतियोगिताअन्तर्गत उद्घाटनको दोस्रो खेलमा लुम्बिनी प्रदेश विजयी भएको थियो । मधेस प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै लुम्बिनीले तीन अंक जोडेको छ । लुम्बिनीले मधेसलाई २५-१२, २५-१४ र २५-१७ को सेटमा हराएको छ ।

लिग एन्ड नकआउट सो प्रतियोगिताअन्तर्गत आज शुक्रबार मधेस प्रदेशले गण्डकी प्रदेशविरुद्ध र गण्डकी प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध खेल्ने छन् ।

पाँच प्रदेशको सहभागिता रहेको प्रतियोगितामा लुम्बिनी, मधेस र गण्डकी प्रदेश समूह क मा छन् । कोसी र सुदूरपश्चिम प्रदेश समूह ख मा छन् । कर्णाली र बाग्मती प्रदेश भने आन्तरिक विवादका कारण प्रतियोगितामा सहभागी भएनन् ।

यसैबीच, पहिचानवादीहरुको कडा विरोधका बीच प्रतियोगिता सफल रुपमा उद्घाटन भएको थियो । पहिचानवादीहरु खेल मैदानमा कोसी प्रदेश नामविरुद्ध नाराबाजी गर्दै कालो झन्डा देखाए पनि आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले उनीहरुलाई सम्झाइबु झाइ गरेका थिए । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद तीन लाखसहित ट्रफी, मेडल पाउनेछ भने उपविजेताले एक लाख ५० हजार ट्रफी, मेडल प्राप्त गर्ने नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काले जानकारी दिए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजले नगद २५ हजार पाउनेछ । त्यस्तै, उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिब्रो र सर्भर तथा प्रशिक्षकले समान १० हजार पाउने छन् ।

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

Success

Thank you for your time.