default_image

1 year ago

April 26, 2023

वल्भ्स र भिल्लालाई सफलता

77 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्स र एस्टन भिल्लाले सफलता हात पार्दा लेस्टर सिटी बराबरीमा रोकिएको छ ।वल्भ्सले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ ।

वल्भ्सको जितमा रुवेन नेभेसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मोलिनक्स स्टेडियम वल्भ्समा मंगलबार राति भएको खेलको तेस्रो मिनेटमा नै जोआचिम एन्डरसेनको आत्मघाती गोलबाट वल्भ्सले १–० को अग्रता लिन सफल भयो ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेभेसले पेनाल्टीमा गोल गर्दै वल्भ्सको जित पक्का गरे । यस जितसँगै वल्भ्स ३३ खेलबाट ३७ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । समान ३७ अंक रहेपनि पराजित क्रिस्टल प्यालेस गोल अन्तरमा अघि छ ।

अर्काे खेलमा एस्टन भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको छ । भिल्लाको जितमा २१औं मिनेटमा टेरोन मिङ्सले गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै भिल्ला ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित फुलहम ३२ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा लिड्स युनाइटेड र लेस्टर सिटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिड्सका लुइस सिनिसटेराले गोल गर्दा लेस्टरका जेमी भार्डीले बराबरी गोल फर्काए ।

यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक पुगेको छ । समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ ।

October 18, 2024

अमेरिकाविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम […]

October 18, 2024

नेपालले दुवै ओपनर गुमायो

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका थिए । शाह तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिल र आसिफले ४८ रन जोडे । खानको बलमा शाह […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

Success

Thank you for your time.