2 years ago
April 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विनिता पुनको शतकमा नेपालले दृष्टिविहीन महिला क्रिकेट टि२० खेलको पहिलो खेलमा भारतमाथि ८ विकेटको सानदार जित हात पारेको छ । योसँगै नेपालले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।
जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा विनिता पुन ५७ बलमा १७ चौकासहित १ सय ११ रनमा अविजित रहिन् । सरिता घिमिरे १६ बलमा २१ र सुष्मा तामाङ डक आउट भइन् । मनकेशी चौधरी २९ बलमा १ चौकासहित ३२ रनमा आउट भइन् ।
त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । भारतकी बिटु गंगाले ७१ बलमा ४ चौकासहित सर्वाधिक ७२ रन बनाइन् । सुष्मा पेटल ९, बिटु वर्षा १०, सुमु दास २६ र दीपिका १६ रनमा आउट भइन् ।
नेपालकी निषा चौधरीले १ विकेट लिइन् । अरु सबै रन आउट भएका थिए । दोस्रो खेल पोखरामा बुधबार हुनेछ । त्यसपछि तीन खेल भने मुलपानी मैदानमा हुनेछन् । मुलपानीमा शुक्रबार, शनिबार र आइतबार हुनेछ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]