2 years ago
February 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्लब रग्बी फिफ्टिन्स लिगको उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र गोर्खाली रग्बी फुटबल क्लब भिड्ने भएका छन् । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ ।
अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका आर्मी र गोर्खालीले लिगको अन्तिम खेल खेल्दा उपाधिको छिनोफानो पनि त्यसै नतिजाबाट हुनेछ । दुवै टोलीले सुरुवाती दुई खेलमा फराकिलो जित दर्ता गरेका हुन् । २ खेलमा समान १० अंक जोडेपनि अंक अन्तरका आधारमा आर्मी शीर्षस्थानमा छ ।
पहिलो खेलमा आर्मीले आकाश भैरवलाई ७२–० को फराकिलो अन्तरले हराएको थियो । त्यस्तै गोर्खालीले हिमालयन टाइगरलाई ६७–१७ को अन्तरले पराजित गरेको थियो ।
त्यसपछि दोस्रो चरणमा आर्मीले हिमालयन रग्बी क्लबलाई ७५–१० को अन्तरले पराजित गर्दा गोर्खालीले आकाश भैरवलाई ७६–३ ले हराएको थियो ।
हिमालयन र आकाश भैरव दुवै जित विहिन र अंकविहिन छन् । आकाश भैरवले हालसम्म ओपन प्लेमा अंक जोड्न सकेको छैन ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]