default_image

2 years ago

January 26, 2023

दिनेशलाई सुर्य नेपाल एनपिजिए म्याच प्ले उपाधि

163 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

प्रो दिनेश प्रजापति सुर्य नेपाल गल्फ टुर अन्तर्गत आफ्नो करिअरको पहिलो उपाधि जित्ने क्रममा सुर्य नेपाल एनपिजिए म्याच प्ले को च्याम्पियन बनेका छन् । गल्फ टुरको सिजन २०२२-२३ अन्तर्गत तेस्रो प्रतियोगिताको फाइनलमा रमेश अधिकारीलाई पराजित गर्दै दिनेश पहिलो पटक च्याम्पियन बने ।

रोयल नेपाल गल्फ कोर्षमा बुधबार दिनेशले ७ होलको अग्रतासहित जित हासिल गरे । ३६ होलको खेलमा एक समय ८ होलले अघि रहेका दिनेशविरुद्ध रमेशले पुनरागमन गर्दै अग्रता ३ होलमा झारेका थिए । तर रमेशले लगातार गल्ती गरेपछि दिनेश आफ्नो लय समात्दै पहिलो पटक उपाधि जित्न सफल रहे ।

दिनेशले उपाधि सहित ६० हजार रुपैयाँ प्राप्त गरे । उपविजेता दिनेशले ४२ हजारमा चित्त बुझाए । प्रतियोगितामा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा धनबहादुर थापाले भुवन कुमार रोक्कालाई पराजित गरे । १८ होलको खेलमा दुवै बराबरीमा रहेपछि धनले १९ औं होलमा जित हासिल गरे । धनले ३२ हजार रुपैयाँ तथा भुवनले २४ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको थियो । 

क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गरे । विजेतालाई सुर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र ब्रान्ड म्यानेजर विदुर राज अधिकारीले पुरस्कृत गरे ।

जितपछि दिनेशले आफ्नो लगातार मिहिनेतको कारण उपाधि जित्न सम्भव भएको बताए । ‘मैले पछिल्लो समय नियमित मिहिनेत गरिरहेको थिएँ । मलाई आर्थिक रुपमा पनि धेरै जनाले सहयोग गर्नुभएको छ । त्यसले गर्दा म मानसिक रुपमा पनि खुला रुपमा खेल्न पाइरहेको छु,’ उनले भने ।

प्रो भएको ९ वर्षपछि पहिलो उपाधि जितेका दिनेशले आउने दिनमा थप उपाधि जित्ने विश्वास पनि व्यक्त गरे । ‘पहिलो उपाधि जित्न लामो समय लाग्यो । तर सिजनको सुरुवात राम्रो भएको छ । उपाधि पनि जितेको छु । अब अर्को उपाधि जित्न लामो प्रतीक्षा गर्नु पर्दैन भन्ने लाग्छ,’ उनले भने ।

यसरी रचे दिनेशले पहिलो उपाधिसहित इतिहास :

टि अफमै दिनेशले बंकरमा बल खसालेपछि रमेशले रक्षात्मक खेल्दै पहिलो होेल आफ्नो पक्षमा पारे । ग्रिन प्रवेश गरेपछि पनि दिनेशले पुनरागमनको अवसर पाएका थिए तर १० फिट टाढाबाट पट गर्न नसक्दा रामेशले सहजै टु पटमा अग्रता लिए ।
दोस्रो होलमा पनि दिनेशले टि सटमा गल्ती गरे । तर उनको प्रहार रुखमा लाग्दै भाग्यवश फेयरवेमा खस्यो । दिनेशले दोस्रो प्रहार ग्रिन अन गराउँदा रमेशले अप्रोच प्रहार ग्रिनभन्दा बाहिर पुर्याए । दिनेशले टु पटमा फिनिस गर्दा रमेश चौथो प्रहारमा एक फिट भन्दा कमबाट पटमा चुकेपछि खेल बराबरीमा आयो ।

तेस्रो होलमा दिनेशले ग्रीनमा अन गराउँदा रमेशको प्रहार बंकरमा गयो । रमेशले बंकरबाट निकाल्दै ३ फुटको पटमा दुई प्रहार गर्दा दिनेशले दोस्रो पटमा पार जोगाउँदै समग्रमा १ होलको अग्रता ‌लिए ।

चौथो होलमा रमेशको टि सट झाडिमा पुग्दा उनले पेनाल्टी भोग्नुपर्यो । ड्रप लिएलगत्तै तेस्रो सट पनि राम्रो नहुँदा रमेश थप दवावमा परे । चौथो प्रहार पनि रुखमा लागेर विपरित दिशा गएपछि रमेशले होल छाडे र दिनेश २ होलको अग्रता लिन सफल रहे ।

पाँचौ होलमा दुवैले टि सट ग्रिनमा पुर्याए । दुवैले टु पटमा पार जोगाउँदा दिनेशले २ होलको अग्रता कायम राखे । छैटौं होलमा दिनेशले होलबाट ३ फिट नजिक बल राख्दा रमेशको टि सट रुखमा लाग्दै बंकरमा खस्यो । रमेशको एप्रोच सट ८ फिट पर खस्दा दिनेशले बर्डिका साथ होल खाँदै समग्रमा ३ होलको अग्रता बनाए ।

सातौं होलमा पनि रमेशले लगातार खराब प्रहारपछि ग्रिनमा अन गर्न नसकेपछि होल छोड्दा दोस्रो प्रहार ग्रिनमा अन गरेका दिनेश ४ होलले अघि बढे । आठौं होलमा दुवैले ग्रिन अन गर्दै दोस्रो पटमा पार जोगाउँदै होल समाप्त गरे । नवौं होलमा दिनेशले बर्डि पट छिराउन नसकेपछि दुवैले पार जोगाए ।

दशौं होलमा रमेशले ग्रिनमा अन गर्न पाँच सट लगाएपछि दिनेश सहजै पार जोगाउँदै ५ होलले अघि बढे । एघारौं होलमा रमेशले बोगी खेप्दा दिनेशले पार जोगाउँदै ६ होलको अग्रता लिए । १२ अ‍ौं होलमा दिनेशले पार जोगाउँदै ७ होलको अग्रता पुर्याए । १३ अ‍ौं होलमा दुवैले बर्डि खेले । १४ अ‍ौं र १५ अ‍ौं होलमा दुवैले पार जोगाए । १६ अ‍ौं होलमा रमेशको दोस्रो प्रहार नालीमा जाँदा दिनेशले अग्रता बढाउँदै ८ होलले अघि बढे ‌। १७ अ‍ौं र १८ अ‍ौं होलमा दुवैले पार जोगाए ।

१९ अ‍ौं होलमा रमेशले पुनरागमन गरे । दिनेशले चौथो प्रहार पनि ग्रिनमा अन गर्न नसक्दा होल छाडे र अग्रता ७ होलमा झर्यो । २० अ‍ौं होलमा दिनेशले बोगी खेपेपछि रमेशले पार जोगाउँदै अग्रता ६ होलमा ल्याए । २१ अ‍ौं होलमा रमेशले पार पट गरेपछि दिनेश डेढ फुटको पट मिस गर्दा अग्रता ५ होलमा आयो । २२ अ‍ौं होलमा रमेश बर्डी पटमा सफल हुँदा अग्रता ४ होलमा झर्यो ।

२३ अ‍ौं होलमा दिनेशले पार जोगाउँदै अग्रता ५ होलमा बढाए । २४ अ‍ौं होलमा रमेशले पार जोगाएपछि दिनेशले टु पट गर्दा पनि छिराउन नसक्दा अग्रता ४ होलमा झर्यो । २५ अ‍ौं होलमा रमेशले पार जोगाउँदै दिनेशको अग्रता ३ होलमा झारे । २६ अ‍ौं होलमा दिनेशले बर्डि खेल्दै ४ होलको अग्रता पुनः स्थापना गरे । २७ अ‍ौं होलमा रमेशले खराब प्रदर्शनसँगै होल छाडेपछि दिनेशको अग्रता ५ होलमा बढ्यो ।

२८ अ‍ौं होलमा दुवैले पार जोगाए । २९ अ‍ौं होलमा रमेशले बोगी खेप्दा दिनेशले पार जोगाउँदै अग्रता ६ होल पुर्याए । ३० अ‍ौं होलमा रमेशले बंकरबाट गरेको प्रहार ग्रिनबाट बाहिर गएपछि होल छाडे । दिनेशले ७ होलको अग्रता लिँदै पहिलो पटक उपाधि जिते ।

March 30, 2025

लिग टु लागि ४८ खेलाडी छनोट

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टुमा आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि ४८ खेलाडीलाई प्रारम्भिक छनोट गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आइतवार टोली छनोट प्रारम्भिक टोलीको घोषणा गरेको हो । क्यानका अनुसार छनोट भएका ४८ खेलाडीहरूलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी चार समूहमा विभाजन गरी तयारी खेलहरु […]

March 30, 2025

आइपिएलमा आज दुई खेल हुँदै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ । दिल्लीको दोस्रो घरेलु मैदान विशाखापटनममा नेपाली समय अनुसार खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो । दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । […]

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

Success

Thank you for your time.