2 years ago
January 26, 2023
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब पोखरामा जारी तेस्रो टाइगर कप भलिबलको महिलातर्फ फाइनलमा पुगेको छ । होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई सेमिफाइनलमा बिहीबार ३–१ को सेटमा हराउँदै आर्मीले फाइनल यात्रा तय गरेको हो ।
आर्मीले अब अर्को विभागिय टोली नेपाल एपिएफ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो सेट गुमाएर पनि आर्मी पूनरागमन गर्न सफल भएको थियो । पहिलो सेटमा २३–२५ ले गुमाएपनि त्यसपछि २५–१३,२५–२२ र २५–१२ नतिजा निकाल्दै आर्मी विजयी भएको थियो ।
त्यसअघि साविक विजेता एपिएफ क्लब पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसि घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रोपटक फाइनल पुगेको थियो । एपिएफले गण्डकीलाई २५–१३,२५–१७,२५–२१ ले हराएको थियो ।
पहिलो संस्करणमा पुलिससँग ३–० को सोझो सेटमा पराजित हुँदै उपाधि विमुख बनेको एपिएफले दोस्रो संस्करणमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो । आज नै पुरुषतर्फ राउन्ड रोविन लिगको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । गण्डकी र सेन्ट जोसेफ तथा आर्मी र पुलिसबीच खेल हुनेछ । यो खेलपछि पुरुषतर्फको सेमिफाइनल समिकरण पुरा हुनेछ ।
एपिएफ ४ खेलमा चार जितसँगै १२ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ । अब बाँकी चार टोलीमध्येबाट तीन टोली शीर्ष चारमा रहँदै सेमिफाइनलमा पुग्नेछ । गण्डकीको तीन खेलबाट ५ अंक छ । आर्मीको तीन खेलबाट ४ अंक छ । पुलिसको २ तथा सेन्ट जोसेफको १ अंक छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस तथा दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको थियो । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।
February 27, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको आयोजना मिति दोस्रो पटक सरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय २१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ। नयाँ मिति अनुसार २०८२ साल जेठ ३ देखि १० […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल जनाएको छ। सातदोबाटो स्थित नेपाल कराते एकेडेमीमा शुक्रवार सुरु हुने प्रतियोगिता तीन दिनसम्म सन्चालन हुनेछ ।प्रतियोगितामा महिला र पुरुषमा गरि १७ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सात वटै प्रदेशका र ३ विभागीय (सेना, […]