default_image

2 years ago

January 25, 2023

दिनेश र रमेश सुर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दिनेश प्रजापति र रमेश अधिकारी सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा उपाधिको लागि भिड्ने भएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा भएको सेमिफाइनलमा १३औं वरियताका रमेश अधिकारीले १०औं वरियताका भुवन कुमार रोक्कालाई २/१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे । यसैगरी अर्को सेमिफाइनलमा सातौं वरियताका दिनेश प्रजापतिले आठौं वरियताका धन बहादुर थापालाई २/१ ले पछि पार्दै फाइनलको यात्रा तय गरे ।

सुर्य नेपाल टुरमा करियरकै पहिलो उपाधि जित्ने दाउमा रहेका दिनेश अब मात्र एक जित टाढा रहेका छन् । दिनेश र रमेशले उपाधिका लागि भोली ३६-होलको प्रतिस्पर्धा गर्नेछन् भने धन र भुवनले तेश्रो स्थानका लागि १८ होलको खेल खेल्नेछन्। 

यसअघि आजै भएको क्वाटरफाइनलमा शीर्ष वरीयताका खेलाडी बाहिरिएका थिए । नेपाल नम्बर एक खेलाडी शुक्र बहादुर राई, दोस्रो वरियताका भुवन नगरकोटी, तेस्रो वरियताका जयराम श्रेष्ठ र पाँचौ वरियताका रवि खड्काले अन्तिम चारमा स्थान बनाउन सकेनन् ।

शुक्रलाई वरियताको १०औं स्थानमा रहेका भुवन कुमार रोक्काले ३/१ ले हराए । अर्को क्वाटरफाइनलमा धन बहादुर थापाले भुवनलाई ३/२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए । यसैगरी दिनेश प्रजापतिले तेस्रो वरियताका जयराम श्रेष्ठलाई ३/२ ले हराए। पुर्व नम्बर एक खेलाडी रबि खड्काको चुनौती १३औ वरियताका रमेश अधिकारीले समाप्त पारीदिए । रमेशले पाँचौ वरियताका रबिलाई ३/२ को नतिजामा पाखा लगाए‌ ।

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन्। सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको छ। 

विजेता खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउनेछन् । तेस्रो र चौथो स्थानका गल्फरले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन् ।

March 30, 2025

लिग टु लागि ४८ खेलाडीको छनोट

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टुमा आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि ४८ खेलाडीलाई प्रारम्भिक छनोट गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आइतवार टोली छनोट प्रारम्भिक टोलीको घोषणा गरेको हो । क्यानका अनुसार छनोट भएका ४८ खेलाडीहरूलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी चार समूहमा विभाजन गरी तयारी खेलहरु […]

March 30, 2025

आइपिएलमा आज दुई खेल हुँदै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ । दिल्लीको दोस्रो घरेलु मैदान विशाखापटनममा नेपाली समय अनुसार खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो । दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । […]

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

Success

Thank you for your time.