2 years ago
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका शुक्रबहादुर राईले सहज जितका साथ सुर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटर-फाइनल स्थान पक्का गरेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा शुक्रसँगै शीर्ष ८ वरीयताका अधिकांश खेलाडी क्वाटरफाइनलमा छनोट भए । पाँचौ वरीयताका संजय लामा पहिलो खेलमा पराजित हुँदै बाहिरिए ।
शुक्रले २०औं वरियताका टंक बहादुर कार्कीलाई सहजै हराए । १३ औं दक्षिण एसियाली खेलकुदको टिम इभेन्टमा स्वर्ण जित्दाका सहकर्मी टंक ५/४ ले पराजित भए । शुक्रले क्वाटरफाइनलमा १०औं वरियताका भुवन कुमार रोक्काको सामना गर्नेछन् । भुवनले नवौं वरियताका रामे मगरलाई २/१ ले हराए ।
दोस्रो वरियताका भुवन नगरकोटीले भने १९औं वरियताका सञ्जोक मोक्तानलाई २/१ ले हराए । उनले अब आठौं वरियताका धन बहादुर थापासँग खेल्नेछन् । धनले पहिलो चरणमा ११औं वरियताका धरानका बलभद्र राई (मणि) लाई ३/२ ले पछि पारे ।
यसैगरी तेस्रो वरियताका जयराम श्रेष्ठले क्वाटर-फाइनलमा पुग्ने क्रममा १७औं वरियताका कृष्णमान राजवाहकलाई अन्तिम होलमा (१-अप) पराजित गरे । उनले अब सातौं वरियताका दिनेश प्रजापतिसँग खेल्नेछन् । दिनेशले पनि अन्तिम होलमा १२औं वरियताका सुर्य प्रसाद शर्मालाई पराजित गरे ।
अर्को खेलमा पाँचौ वरियताका रबि खड्काले १५औं वरियताका प्रदीप कुमार लामालाई २/१ ले हराउँदै क्वाटर-फाइनलको यात्रा तय गरे । उनले १२औं वरियताका रमेश अधिकारीसँग खेल्नेछन् । रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरियताका सञ्जय लामालाई ३/१ ले हराए ।
गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगिता भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । बुधवार क्वार्टरफाइनल र सेमीफाइनलका खेलहरु हुनेछन्। बिहिवार तेश्रो स्थान र फाइनल खेल खेलिनेछन्।
सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको छ। विजेता खेलाडीले ६० हजार रुपिया प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार चित्त बुझाउनेछन् । तेस्रो र चौथो स्थानकाले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त तथा पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन् ।
March 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टुमा आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि ४८ खेलाडीलाई प्रारम्भिक छनोट गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आइतवार टोली छनोट प्रारम्भिक टोलीको घोषणा गरेको हो । क्यानका अनुसार छनोट भएका ४८ खेलाडीहरूलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी चार समूहमा विभाजन गरी तयारी खेलहरु […]
March 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ । दिल्लीको दोस्रो घरेलु मैदान विशाखापटनममा नेपाली समय अनुसार खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो । दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । […]
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]