2 years ago
January 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– महिला नम्बर एक बक्सर सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू २२ एसियन बक्सिङ च्याम्पियनसिप अन्तर्गत ४५– ४८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् ।
आइतबार मंगोलियाकी खेलाडीलाई आरएससीका आधारमा पराजित गर्दै कम्तीमा रजत पदक पक्का गरेकी छिन् ।
नेपाल बक्सिङ संघले सुष्माको जितलाई इतिहास सफलता रहेको बताएको छ । संघका प्रवक्ता श्याम अवालेका अनुसार कुनै पनि एसियाली च्याम्पियनसिपमा नेपालले रजत पदक पक्का गर्नु इतिहासमै पहिलो पटक भएको बताएका छन् ।
सुष्माले अब फाइनलमा बुधबार उज्वेकिस्तानकी खेलाडी फाजिलोभा फार्जोनाको सामना गर्ने छिन् । संघले सुष्मालाई थप सफलताका लागि शुभकामना दिएको छ । च्याम्पियनसिपमा अन्य तीन नेपाली खेलाडीले पनि कम्तीमा कास्य पदक पक्का गरिसकेका छन् ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला खेलकुद विकास समितिकि आयोजनामा अर्को वर्ष स्पोर्टस अवार्ड हुने भएको छ। अवार्ड कार्यक्रम २०८२ वैशाख २७ गते सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]